अधिकारीको ‘डोपामिन’मा मानवीय संवेदना

काठमाडौं । पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीले नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ पाठकमाझ ल्याएका छन् । कामना न्युज पब्लिकेसन्स् परिसरमा आयोजित एक समारोहमा यो पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा १८ वटा कथा छन् । यस संग्रहले शारीरिक तथा मानसिक स्वास्थ्य, मानवीय संवेदना, सामाजिक विभेद, प्रेम, न्याय, स्वास्थ्य सेवा र जीवन संघर्षलाई मनोवैज्ञानिक दृष्टिकोणबाट प्रस्तुत गरेको छ। बाहिरबाट सामान्य देखिने तर भित्र गहिरो संघर्ष बोकेर बाँचिरहेका मानिसहरूको कथा यस पुस्तकको मूल विषय हो ।

कार्यक्रममा पुस्तकका प्रकाशक संस्था कामना न्युज पब्लिकेसन्स् अध्यक्ष दिरेकलाल श्रेष्ठले डोपामिन नेपाली कथा साहित्यमा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरे । पुस्तकका लेखक लक्ष्मण अधिकारीले कामना पब्लिकेसन्स्को स्वास्थ्य मासिक साधना’को सम्पादकका रूपमा दुई दशकभन्दा बढी समयसम्म काम गर्दाको अनुभव सुनाउँदै दिरेकलालले यो पुस्तकलाई समाजभित्र लुकेका अनेक भावनाहरूको ऐनाको रूपमा चर्चा गरे ।

यो कथा संग्रह केवल कोरा कल्पनामा मात्र सीमित नरही यथार्थको धरातलमा उभिएको अग्रज पत्रकार तथा कथाकार श्रीराम सिंह बस्नेतले बताए । समारोहमा पुस्तकको समीक्षा गर्दै समालोचक प्रा डा दयाराम श्रेष्ठले डोपामिन’लाई नेपाली कथा साहित्यमा मनोविज्ञान र आख्यानको सशक्त संयोजन भएको कृतिका रूपमा चित्रण गरे ।

नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष कपिल काफ्लेले स्वास्थ्य विधाको पत्रकारितामा जीवन अर्पित गरेका लेखक अधिकारीको ‘डोपामिन’ले पीडाभित्र लुकेको आशा, प्रेरणा र मानव मस्तिष्कका अदृश्य रासायनिक प्रक्रियालाई कथामार्फत बुझाउने प्रयास गरेको छ भने ।

आफ्ना कथा’bout प्रकाश पार्दै लेखक अधिकारीले यो शरीरको रोगभन्दा गहिरा मानसिक घाउ बोकेका पात्रहरूको कथा भएको जानकारी गराए । संग्रहका कथाहरू रेफर नहुँदा’, पश्चात्तापको आगो’, एक आरोपको मूल्य’, चँगेरीको माया’, उसको ठाउँमा बसेर’, सपना साँचेको जून’ र न सुसाइड न हनिमुन’लगायतका कथाले अस्पतालका शैय्यादेखि समाजका गल्लीसम्म फैलिएको पीडा, अन्याय, प्रेम, करुणा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव