महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको अभियोगमा पठाओ चालक ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने सिराहा मिर्चैया नगरपालिका–५ घर भएका ३४ वर्षीय प्रविनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।

प्रविनले महिला सेवाग्राहीलाई पठाओ बुकिङ गरी सेवा लिने क्रममा सार्वजनिक स्थान र निजको फोन नम्बरमा कल तथा मेसेजद्वारा अश्लिल, अपशब्द बोली दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री बालेनको सचिवालयवाट माधव खनाल ‘आउट’