एक बर्षमा १८७ कुपोषित बच्चाको सफल उपचार

राजविराज । राजविराज स्थित पोषण पुनस्र्थापना केन्द्र कुपोषणबाट ग्रसित बालबालिकाको सहारा बन्दै गएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको गजेन्द्रनारायण सिंह अस्पताल हाता भित्र विगत डेढ दशक देखि सञ्चालित उक्त केन्द्र यस अवधिमा ३ हजार भन्दा बढी कुपोषित बालबालिका लाई सफल उपचार सेवा प्रदान गरी उनीहरुको सहारा बनेको हो ।

कुपोषित बालबालिकाको निशुल्क उपचार तथा आहारा र स्याहार सुहार गर्ने उद्देश्यका साथ २०६८ सालमा स्थापना भएको केन्द्रले आर्थिक बर्ष २०८२–०८३ मा १ सय ८७ जना कुपोषित बालबालिकालाई उपचार सेबा प्रदान गर्न सफल भएको छ । यसरी उपचार पाउनेमा १ सय १४ बालक र ७३ बालिका छन् ।

सबै निको भएर घर फर्किसकेका छन । केन्द्रमा अहिले ०८३ साउनमा नयाँ भर्ना भएका ७ जना बालबालिका उपचार सेवा प्राप्त गरिरहेको केन्द्रकी नर्सिङ्ग स्टाफ ममता यादवले बताईन् । गत आब २०८१–०८२ मा केन्द्रबाट १ सय ८० जना कुपोषित बालबालिकाले उपचार सेवा प्राप्त गरेका थिए ।

१० वटा बेड रहेको केन्द्रमा आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक तथा ९ जना तालिम प्राप्त अनुभवी महिला स्वास्थ्यकर्मीहरुद्वारा स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको केन्द्रकी प्रबन्धक रश्मी झाको भनाई छ ।

पौष्टिक आहाराको अभावमा आमालाई दुध नपुगेर प्रायजसो बच्चा कुपोषणको शिकार हुने भएकाले उपचारका लागि आउने बच्चा र आमा दुबैलाई उपचार सेवा अवधिभर निशुल्क औषधी र पौष्टिक आहाराको व्यवस्था मिलाउने गरिएको प्रबन्धक झाको कथन छ ।

नवजात शिशुका लागि आमाको दुध सबै भन्दा पोषिलो आहरा भएपनि उपलब्ध हुन नसक्दा बच्चा कुपोषणको शिकार हुने गरेको भन्दै उनले केन्द्रबाट उपचार संगै यस’bout आमाहरुलाई तालिम समेत प्रदान गरिने गरिएको सुनाईन् ।

केन्द्रमा पछिल्लो एक साता यता आफ्नो कुपोषित बच्चालाई उपचारका लागि ७ जना आमाले भर्ना गराएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका ८ की १९ महिनाकी रेशमा साह, राजविराज नगरपालिका ३ की २ बर्षीय दिव्यांश यादव, राजगढ गाउँपालिका २ का १० महिनाका दुर्गानन्द राम लगायत विभिन्न पालिकाका ७ जना कुपोषित बालबालिका अहिले केन्द्रबाट उपचार सेवा प्राप्त गरिरहेका छन् । ती सबैका अभिभावकले आ–आफ्नो बच्चाको स्वास्थ्य अवस्थामा निकै सुधार भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

१५ बर्ष अघि सम्म यहाँ कुपोषित बच्चाहरुको उपचार सेवा उपलब्ध नहुँदा कतिपय अभिभावकले महँगो उपचार खर्च तिरेर बाहिर अन्यन्त्र जिल्लामा जानु पर्ने अवस्था थियो । तर, केन्द्र सञ्चालनमा आएपछि र आफ्नै गामठाममा निशुल्क उपचार सेवा उपलब्ध भएपछि स्थानियबासी खुशी भएका छन् ।

चौबिसैघण्टा सेवा प्रदान गर्दै आएको केन्द्रमा आवश्यता अनुसारको बच्चाहरुको मनोरञ्जन, अभ्यास तथा सिकाई, र आमाहरुको प्रशिक्षण लगायतका क्रियाकलापका लागि समेत आवश्यक सामग्री राखिएको छ ।

बजेट र जनशक्ति थपिन सकिए सेवा अझ प्रभावकारी बनाउँदै लगिने केन्द्रका प्रशासनको भनाई छ । कुपोषित बच्चाको सहारा बन्दै गएको केन्द्रलाई अझ व्यवस्थित बनाउन सबै सरोकारबाला निकायले सहयोग गर्नुपर्नेमा स्थानियको सुझाव छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

तस्बिरमा हेर्नुहोस्- झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर