काठमाडौं । चिकित्सक आन्दोलनको मागअनुसार प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख (एसपी) सुदीपराज पाठकलाई त्यहाँबाट फिर्ता बोलाएको छ। उनको स्थानमा एसपी पवनकुमार भट्टराईलाई जिम्मेवारी दिइएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार एसपी पाठकको काठमाडौं उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरिएको हो। पर्साको जिम्मेवारी सम्हाल्न गएका एसपी भट्टराई यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। उनी परिसरको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिरहेका थिए।
यस्तै, भट्टराई पर्सा सरुवा भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी आर्थिक अपराध अनुसन्धान महाशाखाका एसपी दानबहादुर थापालाई काजमा दिइएको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)
सम्बन्धित समाचार
पर्सामा जबर्जस्ती करणी गरी फरार कसुरदार काठमाडौंबाट पक्राउ
रौतहट प्रहरीको एक वर्षः ४४८ फरार प्रतिवादी पक्राउ
रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या
नयाँ बसपार्कको गेस्ट हाउसमा निशा सुनारको शव
महानिर्देशक अधिकारीविरुद्ध पौने २ करोडको घुस मुद्दा
राज्य र नीजि क्षेत्रको सहकार्यले मात्र नदी सभ्यता बचाउने निष्कर्ष
सर्पदंशले एकैदिन ४ महिला र एक बालक अस्पताल भर्ना
मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ






