काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनकी श्रीमती दिप्ती बस्नेतले दिएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीश शान्तिसिंह थापाको इजलासले कारण देखाउ आदेश दिए पनि थुनामुक्त गर्न भने नमानेको हो।
बस्नेतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)समेतलाई विपक्षी बनाई मुद्दा हालेकी हुन्। ‘यसमा के कसो भएको हो, निवेदकको मागअनुसारको आदेश किन जारी हुनु नपर्ने हो ?’, आदेशमा सर्वोच्चले भनेको छ, ‘आदेश जारी हुनु नपर्ने भए आधार कारणसहित तीन दिनभित्र विपक्षीहरुको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु..’
भण्डारी यही साउन १५ गते पक्राउ परेका थिए। उनीमाथि सरकारको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको अर्बौँको सम्पत्ति गैरकानुनी खरिदबिक्री गरेको आरोप छ।
सीआईबीले उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दा लगाएको छ।
सम्बन्धित समाचार
अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान
एक वर्षमा मिटरब्याज सम्बन्धी २८७ वटा उजुरी
सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु
नेप्सेको सीईओ खुला प्रतिस्पर्धाबाट गर्न आवेदन माग
शुक्लाफाँटामा बाघको सङ्ख्या ५० पुग्यो
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन जना भारतीय नागरिक पक्राउ






