काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
बागमती प्रदेशसभालाई केहीबेरअघि सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
गत ६ साउनमा एमालेले दिएको समर्थन फिर्ता लिएसँगै उनी अल्पमतमा परेका थिए । आज बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेशसभा बैठक बसेको थियो । तर बहुमत सदस्यको समर्थन प्राप्त हुने नदेखेपछि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन् ।
बागमती प्रदेशसभामा हाल १०४ सदस्य रहेकोमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । तर कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टी (हानेपा) को दुई गरी ३८ सांसद मात्रै सरकारको पक्षमा देखिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)
सम्बन्धित समाचार
सुन्तला रङ लगाइएका क्षेत्रका बासिन्दालाई तीन दिन सजग रहन मौसम विभागको सुझाव
यी हुन् केयुको उपकुलपतिका लागि छानिएका १० आवेदक
७ करोड २५ लाख बाँड्ने सरकारको निर्णय गैरकानुनी !
मनसुनको न्यूनचापीय रेखा तराईको भूभाग नजिक, यी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
हर्मुजमा इरान–ओमान सहमति नजिक
राष्ट्रपतिबाट खोसिँदै कैद माफीको अधिकार
आज देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
सरकारले सार्वजनिक गरेको एनसेल सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन प्रतिवेदनमा के छ ?






