ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकारमा तीन जना थपिए

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो सल्लाहकार समूहलाई पूर्णता दिएका छन् । मन्त्री श्रेष्ठले बिहीबार तीन जना नयाँ सल्लाहकार नियुक्त गरेसँगै उनको सल्लाहकार समूहले पूर्णता पाएको हो ।

मन्त्री श्रेष्ठले आशुतोष तिवारीलाई योजना तथा लगानी सल्लाहकार, रमेश पौडेललाई नीति सल्लाहकार र गणेश कार्कीलाई सल्लाहकार (निजी क्षेत्र) नियुक्त गरेका छन् ।

यसअघि नै मन्त्री श्रेष्ठले विवेकराज कँडेललाई ऊर्जा सल्लाहकारका रूपमा नियुक्त गरिसकेका छन् ।

नयाँ नियुक्तिसँगै मन्त्री श्रेष्ठको सल्लाहकार समूहमा ऊर्जा, नीति, योजना तथा लगानी र निजी क्षेत्रका विषयमा विज्ञता भएका चार जना समेटिएका छन् । मन्त्रीका सल्लाहकारहरूले सम्बन्धित क्षेत्रका नीति निर्माण, योजना तर्जुमा, लगानी प्रवर्धन तथा निजी क्षेत्रसँगको समन्वयलगायतका विषयमा आवश्यक सुझाव र परामर्श दिनेछन् ।

सबै सल्लाहकारले अवैतनिक रूपमा जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायीको आन्दोलन तत्काललाई रोकियो