रसुवा बाढीमा सुदूरपश्चिमका १३५ नागरिक सम्पर्कविहीन

धनगढी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेर सुदूरपश्चिम प्रदेशका एक सय ३५ नागरिक सम्पर्कविहीन भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

टीकापुरका गाउँ–गाउँमा चिन्ता

कैलाली, कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न जिल्लाका गरी अहिले (बिहीबार साझ)सम्म झण्डै एक सय ३५ जना बाढी प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको विवरण प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेको संख्या अझै बढ्न सक्ने देखिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर बिष्टले विभिन्न प्रहरी कार्यालयमा प्राप्त सूचनाका आधारमा सो संखयामा सम्पर्कविहीन भएको जानकारी दिए । उनका अनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै कैलालीका ४० जना छन् । यस्तै कञ्चनपुरका २९, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुलाका तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना रहेका छन् ।

सम्पर्कविहीन हुनेमा चार जना प्रहरी कर्मचारीसमेत छन् । उनीहरूमा प्रहरी हवल्दार नरेन्द्रप्रसाद भट्ट, प्रहरी सहायक हवल्दार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा रहेका छन् । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा काम गर्ने मजदुर, प्रहरी, निजामती कर्मचारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा रहेका आफन्त सम्पर्कविहीन भएपछि उनीहरूको विवरण टिपाउन प्रहरीले परिवारजनलाई आग्रह गरेको छ। अहिले विभिन्न स्थानबाट आफन्तहरूले सम्पर्कविहीन व्यक्तिको विवरण प्रहरीमा टिपाउने क्रम जारी रहेको छ ।

टीकापुरका गाउँगाउँमा चिन्ता
भोटेकोशीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको खबरसँगै कैलालीको टीकापुरका गाउँ–गाउँमा पनि चिन्ता छाएको छ । टीकापुरबाट रसुवाका विभिन्न जलविद्युत् आयोजनामा काम गर्न गएका युवाहरू सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित भएका हुन् ।

परिवारजनका अनुसार टीकापुरबाट रसुवा गएका धेरैजसो युवा जलविद्युत् आयोजनाको सुरुङ निर्माणमा काम गर्दै आएका थिए। टीकापुर नगरपालिका–१ समितिपुरबाट मात्रै रसुवा काम गर्न गएका १० जना युवा सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन हुनेमा वीरबहादुर चौधरी, शनिसराम चौधरी, जुगराम चौधरी, शिवनारायण चौधरी, बादल चौधरी, दोर्जे भनिने भुवन चौधरी, खुसीराम चौधरी, मनिराम चौधरी, अन्तराम चौधरी र मानबहादुर चौधरी रहेका छन् ।

वीरबहादुरकी श्रीमती सुगन्ती चौधरीका अनुसार उनीसँग श्रीमानको हरेक दिन दिउँसो करिब १२ बजेतिर फोनमा कुराकानी हुने गरेको थियो । तर, बाढी आएको खबर पाएपछि फोन गर्दा बुधबार साँझसम्म सम्पर्क हुन सकेन ।

‘डेढ महिनाअघि काममा जानुभएको हो । हरेक दिन दिउँसो १२ बजेतिर कुराकानी हुन्थ्यो। आज कुरा हुन सकेको छैन,’ उनले भनिन्, ‘बाढी आएको सुनेपछि फोन गर्न कोसिस गरेँ, साँझसम्म पनि सम्पर्क हुन सकेन ।’

समितिपुरकै तुलाराम चौधरीले ती युवाहरूलाई कामका लागि रसुवा लगेका थिए। परिवारजनका अनुसार तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेका बेला बाढी आएपछि उनीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए । सुरुङमा काम गर्न पसेका युवाहरू भने सम्पर्कविहीन भएका हुन् ।

तुलारामकी छोरीका अनुसार बुधबार बिहान साढे ११ बजेतिर तुलारामसँग फोनमा सम्पर्क भएको थियो । त्यस क्रममा उनले आफू र दिलु डाँडातिर भागिरहेको तथा सुरुङमा गएका युवाहरूको अवस्था’bout जानकारी नभएको बताएका थिए ।

परिवारजनका अनुसार तुलारामसँगै मात्रै टीकापुर क्षेत्रका ४० जनाभन्दा बढी युवा कामका लागि रसुवा पुगेका छन् ।

समितिपुरका बरघर तथा सम्पर्कविहीन मानबहादुर चौधरीका भाइ अखिल थारुले समितिपुरसहित आसपासका विभिन्न बस्तीबाट धेरै युवा रसुवा गएको बताए । तर, सबैको नाम यकिन हुन नसकेको उनको भनाइ छ ।

यस्तै, टीकापुर नगरपालिका–१ कै एकतापुरबाट पनि नौ जना युवा कामका लागि रसुवा पुगेका छन्। भदौ २ गते रसुवा गएका आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीका अनुसार बुधबार बिहान ७ बजे श्रीमान्सँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो। त्यसपछि सम्पर्क हुन सकेको छैन ।

दिलकुमारीसँगै राजकुमार थारुकी श्रीमती शान्ति चौधरी र विपतराम चौधरीकी श्रीमती फुलमती चौधरी पनि श्रीमानको खोजी तथा अवस्था’bout जानकारी लिन तुलाराम चौधरीको घर पुगेका छन् ।

शान्तिका अनुसार उनका श्रीमान राजकुमारसँगै राजकपुर चौधरी, कमला चौधरीलगायत नौ जना युवा कामका लागि रसुवा गएका छन् ।

बाढीपछि केही मानिसलाई अस्पताल लगिएको, केहीलाई हेलिकप्टरबाट उद्धार गरिएको तथा केहीलाई सुरक्षित स्थानमा सारिएको खबर आए पनि सम्पर्कविहीन युवाहरूको नाम सार्वजनिक नभएपछि परिवारजनमा झन् छटपटी बढेको स्थानीय श्रीराम चौधरीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

epaper

ताजा समाचार

शव पहिचान केन्द्र भरतपुर बाहिर आफन्त (तस्बीरहरु)