मानसिक स्वास्थ्य समस्या’bout सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली । कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि बढाएको छ ।

पछिल्लो समयमा समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको पाइएपछि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले पहिचान, उपचार र नियन्त्रणमा बढी जोड दिँदै आएको छ ।

मन्त्रालयका अनुसार त्यस समस्या ग्रामीण भेगभन्दा सहरी क्षेत्रमा बढी देखिएको छ । मानसिक स्वास्थ्य समस्याको न्यूनीकरण तथा रोकथामका लागि मुलुकका सात प्रदेशमध्ये सबैभन्दा पहिला कर्णाली प्रदेशले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्य योजना २०७९०–२०८७ निर्माण गरेको हो ।

चालु आव २०८३/८४ को भदौमा नै मन्त्रालयले मानसिक स्वास्थ्य सुदृढीकरण गर्न शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा जनप्रतिनिधिलाई जनचेतना गराउन थालेको छ ।

राष्ट्रिय जनगणना विसं २०७८ को अन्तिम नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ । यद्यपि कुल जनसङ्ख्याको ११ प्रतिशत अर्थात् एक लाख ८५ हजार ७२५ नागरिकमा मानसिक स्वास्थ्य समस्या देखिएकाले बेलैमा रोकथाम, नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले सचेतना तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका मानसिक स्वास्थ्य सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले जानकारी दिए ।

उनले भने, ‘कर्णालीका करिब ३० हजार मानिसले अहिले पनि मानसिक रोगको औषधि लिइरहेका छन् । यो समस्या अझै एक लाख ५५ हजारमा देखिन्छ । समयमै पहिचान गरी समस्या वृद्धि हुन नदिन कर्णालीका दशवटै जिल्लामा मानसिक स्वास्थ्यका ’boutमा शिक्षकलगायतका सरोकारवालाहरूका लागि सचेतना तथा अभिमुखीकरण कार्यक्रम विस्तार गरेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्रीले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै