कैलालीमा विद्यालयमै जातीय विभेद गरेको आरोपमा तीन शिक्षक पक्राउ

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका-६, मोयास्थित भैरव आधारभूत विद्यालयमा जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा तीन शिक्षक पक्राउ परेका छन् ।

दलित समुदायका विद्यार्थी तथा अभिभावकले दिएको उजुरीका आधारमा शिक्षक भगवती बडैला, भगवती रेग्मी र टेकराज उपाध्याय पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक हिरासिंह महराले जानकारी दिए ।

विद्यालयमा दलित समुदायका विद्यार्थी, व्यवस्थापन समितिका अध्यक्ष, एक शिक्षिका र कार्यालय सहयोगीमाथि जातीय आधारमा विभेदपूर्ण व्यवहार गरिएको आरोप छ ।

व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर विक, शिक्षिका बिना विक, कार्यालय सहयोगी लक्ष्मीदेवी दमाई तथा दलित विद्यार्थीमाथि विभेद गरिएको समितिका सदस्य कैलाश आउजीले बताए ।

घटना सार्वजनिक भएपछि स्थानीयवासी, अभिभावक तथा सरोकारवालाले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।

संविधानले जातीय भेदभाव तथा छुवाछुतलाई निषेध गरेको छ । पक्राउ परेका शिक्षकहरूमाथिको आरोप’bout अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

epaper

ताजा समाचार

नापी कार्यालय कलंकीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाख रुपैयाँको बिगोसहित आरोपपत्र दायर