काठमाडौं । आम जनता पार्टी (आजपा) ले आन्दोलनको घोषणा एवं तयारी’boutमा छलफल गर्नका लागि केन्द्रीय कमिटी बैठकको आह्वान गरेको छ ।
काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार (१८ असोज)मा केन्द्रीय कमिटीको बैठक बस्न लागेको आजपा प्रवक्ता सुभाष साहले जनाएका छन् ।
पार्टीको आगामी कार्ययोजनाको रुपरेखा तय गर्न भनिएको बैठकले आगामी आन्दोलनको तयारी ’boutमा समेत महत्वपूर्ण निर्णय गर्दैछ । सरकारको कामकारवाहीको समिक्षा सहित अध्यक्ष प्रभु साहले प्रस्तुत गर्ने राजनीतिक प्रतिबेदन सहित समसामयिक बिषयमा महत्वपूर्ण निर्णय हुने प्रवक्ता साहले जनाएका छन् ।
यसैगरी बैठकमा विदेशी एजेण्टहरुबाट देश बचाउन, सैनिक हस्तक्षेपबाट लोकतन्त्र जोगाउन, फेक शासनको अन्त्य गर्न एवं जनविरोधी कार्य’boutमा समेत बैठकमा छलफल हुनेछ । मुल्यबृद्धि, कालोबजारी, कर आतंक, मलखाद्यको अभाव, बाढीपीडितको पूनर्स्थापना तथा पूननिर्माण सहितका बिषयमा छलफल एवं निर्णय हुनेछ ।

सम्बन्धित समाचार
हामी अहंकारमुक्त नेपाल चाहन्छौं : प्रभु साह
जसपा नेपालका पूर्व रौतहट अध्यक्ष यादवले छाडे पार्टी
नेपालको संविधानको १२ वर्षः असन्तुष्टि उस्तै, कार्यभार अपुरै
क्यान्सरले आमा गुमाएका दुई नाबालकका बुवा बाढीमा बेपत्ता
सरकारको दम्भले वीरगन्ज उजाड
३० केजी गाँजा सहित पर्सामा तीनजना पक्राऊ
ओलीसँग नजिकिए विष्णु, अझै दूरीमा शंकर !
कांग्रेसको १५औं महाधिवेशन: आज देशभर पालिका अधिवेशन हुँदै





