गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ

सिरहा । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिएको घटनामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा अनुसन्धानका क्रममा फरार रहेका वडा अध्यक्ष अनवरलाई  पक्राउ गरिएको हो। घरमै लुकिछिपि बसिरहेको अबस्थामा वडा अध्यक्ष अनवरलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरि निरीक्षक दिपक खरेलले बताए। उनले भने, ´वडा अध्यक्ष अनवरलाइ सम्प्रदाय दङ्गा भड्काएको आरोपमा पक्राउ गरिएको हो। पक्राउ गरेका वडा अध्यक्षलाइ थप अनुसन्धानकालागि राति नै जिल्ला प्रहरि कार्यालय पठाइएको जनाए।  

स्थानीयका अनुसार, वडा अध्यक्ष अनवरसहित करिब २० वटा मोटरसाइकलमा दुईदेखि तीन जनाका दरले सवार व्यक्तिहरू गोलबजार प्रवेश गरेका थिए। उनीहरूमध्ये केहीले धारिलो हतियार बोकेको र अर्को पक्षलाई गालीगलौज गर्दै ढुंगामुढा सुरु गरेपछि दुई पक्षबीच झडप भएको स्थानीयको दाबी छ।

घटनामा वडा अध्यक्ष अनवरको संलग्नता रहेको दाबीसहित मोटरसाइकलमा सवार भएर गोलबजारतर्फ आउँदै गरेको भनिएको भिडियोसमेत सार्वजनिक भएको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएसँगै घटनामा उनको भूमिका र झडपको वास्तविक कारण’bout थप अनुसन्धान हुने भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

epaper

ताजा समाचार

दसैं बिदापछिको पहिलो कारोबार दिन झन्डै साढे ४ अंकले घट्यो नेप्से