धनगढी । युवाहरूमा वैज्ञानिक सोच, प्राविधिक सीप, सिर्जनशीलता तथा नवप्रवर्तन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले धनगढीमा मेकरस्पेस स्थापना गरिएको छ ।
धनगढी उपमहानगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को साझेदारीमा सञ्चालित ‘ग्रिन ट्रान्जिसन पोर्टफोलियो’ अन्तर्गत मेकरस्पेस स्थापना गरिएको हो ।
मेकरस्पेसमा रोबोटिक्स, डिजिटल फेब्रिकेसन उपकरण, नमुना उत्पादन (प्रोटोटाइप) निर्माण सुविधा तथा सहकार्यात्मक कार्यस्थल उपलब्ध गराइएको छ । यी सुविधाको उपयोग गर्दै युवाहरूले प्राविधिक सीप सिक्नुका साथै उद्यमशीलता, अध्ययन, अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा प्रयोगात्मक काम गर्न सक्नेछन् ।
धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले मेकरस्पेसले युवाहरूलाई नयाँ प्रविधि सिक्न, सिर्जनात्मक विचारलाई व्यवहारमा उतार्न र प्रविधिमा आधारित नवीन परियोजना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
धनगढी उपमहानगरपालिकाको कार्यालय अगाडि स्थापना गरिएको मेकरस्पेसको वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरेका हुन् ।
मेकरस्पेस सञ्चालनमा आएसँगै सुदूरपश्चिमका युवाहरूलाई प्राविधिक सीप सिक्ने, नयाँ प्रविधिमा प्रयोग गर्ने र नवीन सोचलाई व्यावहारिक रूप दिने अवसर उपलब्ध भएको छ । यसले युवाहरूमा उद्यमशीलता र नवप्रवर्तनको संस्कृति विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिकाको उद्धार
धनगढी आउनेलाई स्वागत गर्छौँ, शुल्क उठाउँदैनौँ : नगरप्रमुख हमाल
सुदूरपश्चिम प्रदेशसभामा रिक्त सिट संख्या ३ पुग्यो
बझाङमा १३ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
बैतडीको ऐरीगाउँ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प
रंगीचंगी फूलले फेरिँदै धनगढीको मुहार, सडक र चोकमा बगैँचाको झल्को
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आफ्नै ‘ब्लड बैंक’ सञ्चालनको तयारी
नाम्पा हिमाल बेस क्याम्प पदमार्गको पुनः अध्ययन






