काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्धा दायर गरेको हो ।
मोरङको साविक विराटनगर उपमहानगरपालिका–३ स्थित रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको नाममा रहेको हदबन्दी छुटको जग्गा गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा अख्तियारले तत्कालीन प्रधानमन्त्री नेपाल, तत्कालीन संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्री एवं मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनालाई प्रतिवादी बनाएको हो ।
भ्रष्टाचारबाट नेपाल सरकारलाई ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बराबरको सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पु¥याएको आरोप छ । सोही रकमलाई बिगो कायम गरी प्रतिवादीहरूबाट असुलउपर गर्न मागदाबी छ ।
विशेष अदालतका अनुसार सुनसरी र मोरङमा रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको नाममा रहेको ५९ बिगा ९ कट्ठा १२ धुर जग्गा पनि जफत गर्न मागदाबी छ ।
मुद्धा चलाइएकामा पूर्वभूमि सुधारमन्त्री डम्बर श्रेष्ठ, पूर्वमुख्यसचिव माधव घिमिरे (दिवंगत) की छोरी कमला घिमिर, पूर्वसचिव छविराज पन्त, पूर्वसहसचिव रमेशचन्द्र अधिकारी, तत्कालीन उपसचिवहरु गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्षमण थापा, ध्रुव सापकोटा र शाखा अधिकृत बलराम निरौला, भूमि व्यवस्था विभागका तत्कालीन डिजी राजेन्द्र शर्मा, निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सिताराम पोखरेल, नासु बुद्धिबहादुर कार्कीलगायत छन् ।
सम्बन्धित समाचार
ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड
हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान
मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा
नेपालमा फेरि मौसमी बदलीको संकेतः एनपिएलका खेल प्रभावित हुनसक्ने
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, कम्तीमा तीन जना बेपत्ता
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार
सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एकको मृत्यु, एक जना घाइते






