नेपाली चलचित्रमा बदलिँदो दर्शक रुचि

काठमाडौं । यसपटक नेपाली चलचित्र उद्योगका लागि महइभ्वपूर्ण मानिने दसैंको लामो बिदामा प्रदर्शनमा आएका केही प्रतीक्षित चलचित्रले अपेक्षाअनुसार दर्शक तान्न सकेनन् । अर्कोतर्फ, चाडपर्वको ठूलो प्रतिस्पर्धाबाहिर सामान्य समय प्रदर्शनमा आएको ‘गौँथली’ले भने बक्स अफिसमा उल्लेखनीय सफलता हासिल ग¥यो । यता, स्थापित चलचित्र ब्रान्डका रूपमा परिचित ‘कबड्डी ५ ः आफ्टर द फाइनल’ले पनि प्रदर्शनको सुरुवाती दिनमै राम्रो व्यापार गर्दै दर्शक आकर्षण कायम राखेको छ । यी फरक परिणामले अब नेपाली चलचित्रको बजार अब चाडपर्व, स्टारडम तथा सिक्वेलकेन्द्रित नरहेको प्रस्ट पारेको छ ।

दसैंमा सुस्तता, ‘गौँथली’ र ‘कबड्डी ५’को दबदबा

दसैंमा विद्यालय तथा कार्यालय बिदा हुने, परिवारका सदस्य एकै ठाउँमा भेला भएर मनोरञ्जनका लागि समय निकाल्न सहज हुने भएकाले यो समयलाई चलचित्र प्रदर्शनका लागि उपयुक्त मानिन्छ । यही कारण निर्माता दसैंलक्षित ठूलो लगानीका चलचित्र प्रदर्शन गर्ने योजनामा हुन्छन् ।

यो दसैंमा भने ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’जस्ता प्रतीक्षित चलचित्रले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन् । यी चलचित्रलाई दर्शकमाझ पहिलेबाटै परिचित नाम, लोकप्रिय कथावस्तुको निरन्तरता र स्थापित कलाकारको उपस्थितिका कारण राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो । यद्यपि, बक्स अफिसको परिणामले दर्शकलाई हलसम्म ल्याउन यतिमात्र पर्याप्त देखिएन ।

चलचित्र विकास बोर्डद्वारा सोमबार सार्वजनिक बक्स अफिस विवरणअनुसार ‘आबाट आमा २’ले ६ करोड २४ लाख ७० हजार रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको छ । त्यस्तै, ‘छ माया छपक्कै २’ले ३ करोड ३४ लाख ८४ हजार रुपैयाँ र ‘१२ गाउँ २’ले २ करोड २९ लाख ५७ हजार ‘ग्रस कलेक्सन’ गरेका छन् । चलचित्रले केही व्यापार गरे पनि दसैंजस्तो महइभ्वपूर्ण अवसरमा अपेक्षाकृत दर्शक नसकेको प्रस्ट पार्छ ।

सिक्वेल चलचित्रप्रति दर्शकको स्वाभाविक चासो हुने भए पनि त्यसले स्वतः व्यावसायिक सफलता भने हात नपर्ने देखिएको छ । सिक्वेल निर्माण गर्दा पुरानै लोकप्रियताको भर पर्नुभन्दा कथामा नयाँपन, प्रस्तुतिमा परिपक्वतासँगै मनोरञ्जनमा विविधता दिनु आवश्यक छ । दसैंमा एकैपटक धेरै चलचित्र प्रदर्शन हुनु पनि दर्शक विभाजित हुनुको अर्को कारण हो ।

सीमित दर्शक, सीमित प्रदर्शन समय र धेरै विकल्पका कारण सबै चलचित्रले समान दर्शक पाउन सकेनन् । एक वा दुई चलचित्र रोज्ने भएकाले कमजोर प्रचार, औसत प्रतिक्रिया वा आकर्षक कथावस्तु अभाव नै कमजोर पक्ष बन्यो । देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोपछि आर्थिक गतिविधिमा पारेको प्रभावले पनि चलचित्रको व्यापारमा असर पा¥यो । त्यसमाथि डिजिटल प्लेटफर्म र घरमै बसेर मनोरञ्जन लिन सकिने माध्यम विस्तारले हलसम्म पुग्न दर्शक झन्झट माने ।

दर्शकले दिएको फरक सन्देश
दसैंको समय ठूला अपेक्षासहित प्रदर्शनमा आएका चलचित्रले सोचेजस्तो व्यापार गर्न नसकिरहेकै बेला ‘गौँथली’ले भने बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । सो चलचित्रको व्यावसायिक परिणाम दर्शकलाई हलसम्म ल्याउन ठूलो प्रचार, चाडपर्वको अवसर वा स्टार कलाकारको लामो सूची नै अनिवार्य हुँदैन भन्ने उदाहरण बनेको छ । डा. कपिल रिजाल निर्देशित ‘गौँथली’ले दर्शकको उल्लेखनीय साथ पाउँदै बक्स अफिसमा बलियो उपस्थिति कायम गरेको छ । चलचित्र विकास बोर्डको १५ कात्तिकसम्मको विवरणअनुसार सो चलचित्र ९ लाख ४६ हजार ८६४ दर्शकले हेरेका छन् । यसबाट चलचित्रले २६ करोड ७ लाख ४६ हजार १८६ रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको छ ।

यो व्यापारले ‘गौँथली’लाई पछिल्लो समयका सफल नेपाली चलचित्रमध्ये एकका रूपमा स्थापित गरेको छ । दर्शकका लागि चलचित्रको विषयवस्तु, कथा प्रभाव तथा प्रस्तुति महइभ्वपूर्ण बन्दै गएको छ । यसै अवधिमा माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले पनि उल्लेखनीय व्यापार गरेको छ । यसलाई ३ लाख ६२ हजार २०१ दर्शकले हेरेको बोर्डको विवरणमा उल्लेख छ । यो चलचित्रले १० करोड २८ लाख १८ हजार ४८८ रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको छ ।

त्यस्तै, हरि लम्साल निर्देशित ‘बा : एक योद्धा’ले १ लाख २७ हजार २१७ दर्शकलाई हलसम्म ल्याउन सफल भएको छ । चलचित्रको ‘ग्रस कलेक्सन’ ३ करोड ५४ लाख ४० हजार रुपैयाँ पुगेको छ । यी तीन चलचित्रको व्यापार एकसाथ हेर्दा नेपाली दर्शकको रुचि एउटै विधा, एउटै शैली वा एकैप्रकारको कथामा सीमित नरहेको स्पष्ट हुन्छ । फरक विषयवस्तु र प्रस्तुतिमा आधारित चलचित्रले पनि दर्शकको साथ पाउन सक्ने अवस्था देखिएको छ । ‘गौँथली’को सफलताले नेपाली चलचित्र बजारमा नयाँ सम्भावनाको ढोका खोलेको छ । चलचित्र सफल हुनका लागि महँगो बजेट, चर्चित कलाकार वा दसैंजस्तो ठूलो प्रदर्शन अवसर नै कुर्नुपर्छ भन्ने सोच गलत साबित हुँदै छ ।

स्थापित ब्रान्डको शक्ति अझै कायम
नेपाली चलचित्र बजारमा सिक्वेलको व्यापारलाई लिएर बहस भइरहेकै बेला ‘कबड्डी ५ : आफ्टर द फाइनल’ले भने आफ्नो लोकप्रियताको प्रभाव देखाएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रले प्रदर्शनको पहिलो १० दिनमै १० करोड रुपैयाँभन्दा बढी ‘ग्रस कलेक्सन’ गर्दै बक्स अफिसमा राम्रो उपस्थिति जनाएको छ । बोर्डको विवरणअनुसार चलचित्रले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ ‘ग्रस कलेक्सन’ गरेको छ । यस अवधिमा ३ लाख ४६ हजार ४२७ टिकट बिक्री भएका छन् ।

दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, रश्मि गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, कविता आलेलगायत अभिनित चलचित्रले स्थापित ‘कबड्डी’ ब्रान्डप्रतिको दर्शकको आकर्षणलाई फेरि एकपटक प्रमाणित गरेको छ । यसअघि निर्माण भएका शृंखलाले बनाएको दर्शक आधार र पात्रप्रतिकाे आत्मीयताले नयाँ शृंखलाप्रति दर्शकको चासो बढाउन सहयोग गरेको हो । ‘कबड्डी’ शृंखलाको लोकप्रियता कलाकारको उपस्थितिमै पनि सीमित छैन । विशिष्ट हास्य शैली, ग्रामीण परिवेश, पात्रका सम्बन्ध र नेपाली समाजसँग जोडिएका घटनाले यसले दर्शकमाझ छुट्टै पहिचान बनाएको छ ।

यो दसैंमा ‘आबाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’जस्ता प्रतीक्षित चलचित्रले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन् । यी चलचित्रलाई दर्शकमाझ पहिलेबाटै परिचित नाम, लोकप्रिय कथावस्तुको निरन्तरतासँगै स्थापित कलाकारको उपस्थितिका कारण राम्रो व्यापार गर्ने अपेक्षा गरिएको थियो ।

‘कबड्डी ५’को सुरुवाती व्यापारले नेपाली चलचित्र उद्योगमा स्थापित ब्रान्डको महइभ्व अझै कायम रहेको देखाएको छ । यस्तो लोकप्रियता लामो समय टिकाइराख्न कथामा नयाँपन र प्रस्तुतिकरणमा गुणस्तर कायम राख्नु भने उत्तिकै आवश्यक छ । दर्शक पुरानो लोकप्रियताको निरन्तरतासँगै नयाँ शृंखलाबाट नयाँ अनुभव अपेक्षा पनि गरिरहेका हुन्छन् ।

स्टारडमभन्दा कथाको प्रभाव महत्वपूर्ण बन्दै
पछिल्ला व्यापार आकलन गर्दा नेपाली चलचित्रको बजारमा एउटा महइभ्वपूर्ण परिवर्तन देखिन्छ । पहिले चर्चित कलाकारको नामले मात्रै पनि दर्शकको चासो बढाउने अवस्था थियो । अहिले कलाकारको लोकप्रियतासँगै चलचित्रको कथा, ट्रेलर, प्रचार सामग्री, दर्शक प्रतिक्रिया र सामाजिक सञ्जालमा हुने चर्चाले पनि व्यावसायिक सम्भावना प्रभावित पार्न थालेका छन् ।

दर्शकले अब चलचित्र हेर्नुअघि त्यसको विषयवस्तु, प्रस्तुति र समीक्षा’bout जानकारी लिने गरेका छन् । सामाजिक सञ्जालका माध्यमबाट चलचित्रप्रतिको प्रारम्भिक धारणा छिटो फैलिने भएकाले सकारात्मक प्रतिक्रिया आएमा दर्शकको आकर्षण बढ्ने पाइएको छ । नकारात्मक प्रतिक्रिया व्यापक भएमा चलचित्रको व्यापारमा असर पर्न सक्छ । यसको पछिल्लो सिकार प्रियंका कार्कीको ‘मास्टर्नी’ले भोग्यो । चर्चित कलाकारलाई पोस्टरमा राखेर वा ठूलो प्रचार अभियान चलाएरमात्र दर्शकलाई हलसम्म ल्याउन सकिने अवस्था कमजोर हुँदै गएको छ ।

अब सफलताको सूत्र के ?
‘गौँथली’, ‘पेन्सन पट्टा’, ‘बा : एक योद्धा’ र ‘कबड्डी ५’को व्यापार तथा दसैंमा प्रदर्शन भएका चलचित्रको तुलनात्मक प्रदर्शनले नेपाली चलचित्र बजार’bout केही महइभ्वपूर्ण प्रश्न उठाएको छ । चाडपर्वको अवसरले दर्शकलाई चलचित्र हेर्न समय उपलब्ध गराए पनि उनीहरूलाई ‘कुन चलचित्र हेर्ने ?’ भन्ने निर्णय गर्न गाह्रो परिरहेको छ ।

निर्माणमा लगानी, पटकथा विकास, कलाकार छनोट, प्राविधिक गुणस्तर र प्रचार रणनीतिबीच सन्तुलन कायम गर्नु पनि उत्तिकै महइभ्वपूर्ण छ । राम्रो कथा भएरमात्र पुग्दैन, त्यसलाई पर्दामा प्रभावकारी ढंगले प्रस्तुत गर्न सक्नु निर्देशकको खुबी हो । उत्कृष्ट प्राविधिक पक्ष र चर्चित कलाकार भए पनि कमजोर पटकथाले दर्शकलाई लामो समयसम्म आकर्षित गर्न सक्दैन ।

बदलिँदो दर्शकको रोजाइ
पुरानो बजार रणनीतिले मात्रै सफलता नमिल्ने अवस्था बढ्दै गएको छ भने नयाँ विषयवस्तु र मौलिक प्रस्तुतिका सम्भावना पनि बढिरहेको छ । दसैंमा अपेक्षित व्यापार गर्न नसकेका चलचित्र, सामान्य समयमा असाधारण सफलता हासिल गरेको ‘गौँथली’ र स्थापित ब्रान्डका रूपमा बलियो व्यापार गरेको ‘कबड्डी ५’ले नेपाली चलचित्रको यही बदलिँदो अवस्था प्रतिनिधित्व गर्छन् । अब नेपाली चलचित्रकर्मीका लागि सबैभन्दा ठूलो चुनौती दर्शकको बदलिँदो रुचि समयमै बुझ्नु र त्यसअनुसार सिर्जनात्मक काम गर्नु हो । दर्शकलाई हलसम्म ल्याउने प्रतिस्पर्धा चर्चित अनुहार, महँगो प्रचार र चाडपर्वको प्रदर्शन मितिमै सीमित छैन ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती