उपभोक्ता झुक्याई बिक्री वितरण गर्ने दुई फर्म दण्डित

वीरगन्ज । पर्व लक्षित समयमा उपभोक्ता ठगी गर्न पल्केका वीरगन्जका दुई व्यापारिक फर्मलाई कैफियत फेला परेपछि दण्डित गरिएको छ । बाणिज्य कार्यालय पर्साको अगुवाईमा बजार अनुगमनमा निस्केको टोलीले लाल किराना पसल र सन्तोष मार्केटिङलाई दण्डित गरिएको हो ।

ती पसलमा उपभोक्तालाई विक्री वितरण गर्न नहुने सामान पनि झुक्यानमा पारी विक्री गर्ने गरेको फेला पारेपछि प्रति फर्म ५०–५० हजार दण्ड जरिवाना गरिएको छ । नेपालमा विक्री गर्न बर्जित गरेका मालबस्तु र डेट सकिएका अनि बालबालिकाले खानै नमिल्ने सुख्खा मिठाई लगायतका खाद्य पदार्थ विक्री वितरण गर्ने भेटियो । यस्तो गरेको पाइएपछि दण्डित गरिएको अनुगमन टोलीमा सहभागी जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारी ब्रम्हदेव यादवले बताए ।

आर्थिक नगरी वीरगन्जको मुटुमा नै सीमा उपारबाट अवैध रुपमा ल्याएका विल बिजक नभएका र अखाद्य बस्तु समेत उनीहरुले विक्रि वितरण गर्ने गरेको पाइएपछि अनुगमन टोलीले सचेत गराउँदै एकपटकका लागि सानो दण्ड जरिवाना गरेको बाणिज्य कार्यालय पर्साका सूचना अधिकारी मधुरेश साहले पनि बताए । हाम्रो उद्देश्य कसैलाई पनि दण्ड जरिवाना गरी दुःख दिने होइन । तर मापदण्डको खिल्ली उडाएको पाइएपछि सचेत गराउनुको अर्को विकल्प पनि नभएको उनको तर्क छ ।

उपभोक्तालाई छाडा चौपायालाई जति पनि प्राथमिकतामा नराखी आर्थिक लाभ लिनकै लागि मात्र व्यापारीले अखाद्य बस्तु समेत विक्री गर्ने गरेको भेटिएपछि आइन्दा यस्तो नगर्नुस् भनी सचेत गराई कानून प्रयोग गर्ने निकायका सरोकारवालाले सानो जरिवाना गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष अजय अधिकारीले पनि जनाए । आर्थिक नगरीकै मुटुमा रहेर पनि गलत ढंगले कारोबार गर्नेलाई सानो दण्ड जरिवानाले मात्र नपुग्ने र कानूनको कडा नियम नै प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित खाद्य पदार्थको उत्पादन, प्रशोधन, संचय, विक्री वितरण वा व्यवसाय गरेको प्रष्टै भेटिएपछि अनुगमन टोलीमा सहभागी सबैको परामर्शबाट एक पटकलाई सुध्रिने मौका दिई ती व्यापारिक फर्मलाई दण्डित गरी सचेत गराइएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक श्रवन कुमार साहको पनि तर्क छ । व्यापार गर्न नियमनकारी निकायले कुनै कडाई गर्दैन । तर मापदण्ड अवलम्बन नगर्दा सचेत गराउनु हाफूहरुको कर्तव्य भएको उनले राजधानी दैनिकसँग बताए ।

पर्वका समयका खपत बढि हुने खाद्य पदार्थहरुमा उत्पादक तथा व्यापारिक फर्म वा व्यक्तिले सर्वसाधारण उपभोक्तालाई झुक्यानमा पारी कमसल सामग्री विक्रि वितरण गर्ने कुरालाई मध्य नगर गरी उद्योग बाणिज्य संघको पनि प्रतिनिधि सहभागी भई बजार अनुगमन गर्ने गरिएको छ । बुधबारको बजार अनुगमनका क्रममा आफूले पनि व्यापारीहरुको कमजोरी रहेको भेटिको वीरगन्ज उद्योग बाणिज्य संघका अधिकृत मनोज कुमार दासले पनि बताए । उच्च तहमा बस्ने ठूला मानिसदेखि सर्वसाधारण सबै उपभोक्ता भएकोले उपभोक्ता पनि सचेत हुन पर्ने उनको सुझाव पनि छ ।

बुधबारको अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष अजय अधिकारी, जिल्ला प्रशासन कार्यालय वीरगन्जका ब्रम्हदेब यादव, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहकायक निरिक्षक रामकुमार यादव, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पर्साका श्रवन कुमार साह, बाणिज्य कार्यालय वीरगन्जका सूचना अधिकारी मधुरेश साह र अर्का कर्मचारी चुर्ण बहादुर बुढाथोकीलगायतको सहभागीता रहेको पाइएको छ । टोलीले वीरगन्जमा भएका मेजमानी स्वीट्स, फन एन फन, टिकटक ट्रेड कन्सर्न, लालु किराना, सन्तोष मार्केटिंगलगायतमा अनुगमन गरिएको टोलीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 14 times, 1 visits today)

epaper

ताजा समाचार

डा.गोविन्द केसीको सत्याग्रहमा सरकारको परीक्षा, आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न रास्वपालाई चुनौती