आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिट सर्वाेच्चमा दर्ता

काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको रिट शुक्रबार सर्वाेच्च अदालतमा दर्ता भएको छ । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित उनले हिजो बिहीबार सर्वोच्च अदालतमा रिट पेश गरेका थिए । ‘समय अभाव’का कारण बिहीबार दर्ता हुन नसकेको रिट आज शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

रिटमा उनले सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गरेका छन् । उनले आफूलाई पुनर्बहालीको माग गरेका छन् ।

निवेदन दर्ता भएको भोलिपल्ट सुनुवाइको लागि पेशी तोक्ने चलन हुन्छ । तर, शनिबार र आइतबार सार्वजनिक बिदा तथा त्यसपछि तिहार बिदाका कारण सुनुवाई तत्काल नहुने भएको छ । तिहार बिदापछि सरकारी कार्यालय कात्तिक २७ गतेबाट खुल्ने छ ।

सरकारले कात्तिक १८ गते निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको भएपनि उनले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् । उनको ठाउँमा एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

इजरायलमा नेतान्याहु सत्ताबाट हट्ने सम्भावना बलियो, इसेनकोटलाई ६७ सांसदको समर्थन