निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । एक न्यायाधीशको इजलासमा आज कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

आफूलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने मन्त्रीपरिषद् निर्णय बदर गर्न र मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै कात्तिक २० गते उनले रिट दर्ता गरेका थिए । सर्वाेच्चले कात्तिक ३० गतेलाई पेसी तोकेको थियो । तर सरकारले कात्तिक ३० गते छठको बिदा दिएपछि अदालत बन्द हुँदा सुनुवाइ हुन सकेको थिएन ।

आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानुनी रूपमा हटाइएको दाबी कार्कीले रिटमा गरेका छन् । प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी पनि रिटमा गरिएको छ ।

सुविधा सन्तुलन र सार्वजनिक हितका दृष्टिले कानुनबमोजिम नियुक्त प्रहरी महानिरीक्षकलाई पूर्ववत् पदमा कायम राख्दा प्रत्यर्थीहरूलाई कुनै कानुनी हानि नहुने जिकिर रिटमा छ । बरु दुई प्रहरी महानिरीक्षकस्तरका पदाधिकारी रहँदा आदेश शृंखलामा उत्पन्न हुने अन्योल अन्त्य गरी प्रहरी संगठनको स्थिरता कायम गर्नुपर्नेमा जोड निवेदकको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीको रिट निवेदनमा आज सुनुवाइ हुँदै