स्रोत नखुलेको एक करोड ६७ लाख रुपैयाँसहित नख्खुबाट तीन जना पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिका–४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद एक करोड ६७ लाख ३३ हजार २३० रुपैयाँसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर नगरपालिका–३ घर भएका ३१ वर्षीय दीपक खड्का र काठमाडौं बत्तीसपुतली बस्ने काठमाडौं महानगरपालिका–१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश०१–०२७च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

epaper

ताजा समाचार

काठमाडौं महानगरको मेयरमा लड्ने पूर्वमन्त्री सुमना श्रेष्ठको घोषणा