वीरगन्जका दुई गोदाममा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

वीरगन्ज । उत्कृष्ट ट्रेड कन्सर्न टायर र ऐभरेष्ट लुबृकेन्ट प्रा.लि.वीरगन्जमा मध्यरातीदेखि लागेको आगो शनिबार बिहान बल्ल नियन्त्रणमा आएको छ । प्रा.लि.का दुईवटा गोदाममा लागेको आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको हो ।

टायर र मोबिल भण्डारण गरी राखेको पाइएको हो ।

शनिबार बिहानराती पौने १ बजेतिरदेखि लागेको आगो बिहान सवा ६ बजेतिर मात्रै पूर्णरुपले नियन्त्रणमा आएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले बताए । मध्य रातमा अचानक दुई गोदाममा सल्किएको आगलागीबाट झण्डै २ करोड बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको उनको भनाइ छ ।

बीरगन्ज १२ स्थित स्थानीय दिलबन्दु पेट्रोल पम्प नजिकका ती गोदाममा आगो लागेको भन्ने सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्सा, शसस्त्र प्रहरी गण १३ नं.गण चिनिमिलको सस्श्त्र प्रहरी बल, श्री जंग गण वीरगन्ज पर्सा, वीरगन्ज महानगरपालिकाका २ वटा दमकल, पोखरिया नगरपालिको–१, पर्सागढी न.पा.को १, नेपाल आर्मीको १ वटा, सुख्खा बन्दरगाह वीरगन्जको–१, जितपुर सिमरा उपमहानगरपालिको–१, कलैया उपमहानगरपालिकाको १ गरी ८ वटा दमकल सहित स्थानीय र सुरक्षाकर्मीको निरन्तर प्रयासमा ६ घण्टाजतिमा बल्ल आगो नियन्त्रणमा आएको पनि प्रहरी नायव उपरिक्षक मल्लले बताए ।

वीरगन्ज १२ बाईपासको उत्कृष्ट ट्रेड कन्सर्न टायर र ऐभरेष्ट लुबृकेन्ट प्रा.लि.बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थायी घर भएका देवेन्द्र सत्यालले संचालन गरेको खुलेको छ । उनी (प्रोप्राईटर) रहेको संस्थाको क्षति एकिन नभए पनि करिब २÷३ करोडभन्दा बढि क्षति पुगेको उनको दावी छ । टायर केमिकलले भरिएको गोदाममा लागेको आगो नियन्त्रणमा लिन प्रविधि अनुसार अझै पनि स्थानीयस्तरमा भएका दमकल प्रभावकारी नभएको स्थानीयले जनाए ।

वीरगन्ज पथलैया औद्योगिक कोरिडोर विभिन्न किसिमका केमिकलयुक्त पदार्थहरु रहेको क्षेत्र हो । केमिकल तथा टायरहरुमा लागेको आगो निभाउने फर्महरु भएको फरक किसिमको दमकल आवश्यक पर्छ । इलेक्ट्रिमा लागेको आगो, ग्याँसहरुमा लागेको आगो केमिकल युक्त फर्महरुबाट निभाउने गरिन्छ । तर हामी प्रविधिको हिसाबले धेरै पछि रहेको यो घटनाले देखाएको सशस्त्र प्रहरीका गण नम्बर १३ का प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले बताए । घरभित्र सिमित ठाउँमा लागिको आगो निभाउन ६ घण्टाजति लागेको समयले यो आभाष मिलेको उनको भनाइ छ ।

आगलागीबाट त्यहाँ भएको सबै सामान र घर पनि पूर्णरुपमा क्षति पुगेको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

सोल्माले जित्यो ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’