दोहा । कतारको दोहामा भइरहेको एसियन राइजिङ स्टार्स प्रतियोगिताअन्तर्गत आइतबारको सातौं खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्सले ३९.५ ओभरमा मात्र १२१ रन बनाउन सक्यो । युएईको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएर ११ रन र कुशल भुर्तेलले पनि ३ विकेट लिएर मात्र १५ रन दिए ।
युएईका लागि मुहम्मद शाहदाद ७० बलमा ४० रन र हरप्रित सिंहले ४८ बलमा ३२ जोडे । अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् ।
नेपाल आफ्नो खेलमा भारतसँग लज्जास्पद ढंगले पराजित भएको थियो । भारतले दिएको ३३३ रन पछ्याउने क्रममा नेपाल २६ रनमै अलआउट हुन पुगेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)
सम्बन्धित समाचार
एनपीएल : कीर्तिपुरमा चौका–छक्का, सुर्खेतको घण्टाघरमा हुटिङ र उत्सव
विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
एनपीएल–३ मा लयमा देखिएका चार नेपाली क्रिकेटर
एनपिएलः पोखराद्वारा काठमाण्डुसामु २२५ रनको लक्ष्य
एनपीएल : सकियो लिग चरण, कुन टिमको खेल कस्तो रह्यो ?
सुदूरपश्चिमले लुम्बिनीलाई दियो १०६ रनको सामान्य लक्ष्य
धनगढीका १६ स्थानमा ग्रासरुट फुटबल कार्यक्रम सुरु
एनपीएल: सुदूरपश्चिमले पायो १५६ रनको लक्ष्य






