धनुषा । धनुषाको धनुषाधाममा कटुवा पेस्तोल र गोलीसहित एक महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी अन्दाजी ४० वर्षीया गंगावती महतो रहेकी छन्।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार बिहान करिब ११ बजे धनुषाधाम नगरपालिका–४, गोरिपुर टोलमा उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार महिलाले कम्मरमा कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला पारेकी थिइन्।
पक्राउ परेकी महिलामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटना’bout थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी एवं डिएस्पी ओमप्रकाश खनालले घटना’bout जानकारी दिएका हुन्।
सम्बन्धित समाचार
तीन सदा परिवारको झुपडीमा छैन छठ पर्वको रौनक
घाट र हाटमा भिडः लोक आस्थाको पर्व छठको बढ्यो चहलपहल
विपन्न परिवारका ब्रतालु महिलालाई ११औं पटक साडी र पुजा सामग्री वितरण
भोजपुरा–मिथिलाका जशासय सिंगारिए बेहुली झैं
नापजाँच सम्पन्न भएको १० वर्षपछि महोत्तरीका १९६ स्ववासी परिवारले पाए लालपुर्जा
मौलापुर दलित बस्ती निर्माणमा वालेन सरकारको अवरोध किन ?
हनुमानी गिरोहका थप सदस्यलाई पक्राउ गर्न माग
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त






