काठमाडौं । लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धताः पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चिता नारासहित यस वर्षको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । यसै अवसरमा यौन हिंसासम्बन्धी सरकारले तयार पारेको विधेयक अधुरो र अपुरो रहेको बुधबार आयोजित प्रतिनिधिसभाका सांसदहरुसँगको अन्तर्क्रियात्मक कार्यक्रममा बताइयो ।
यौन हिंसासम्बन्धी आवश्यक कानुन संशोधन विषयक अन्तर्क्रियामा प्रस्तावित विधेयकमा थप पाँचवटा बुँदा सुधार गर्नुपर्ने आवश्यकता रहेको औंल्याइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वुलिटी नाउले संयुक्तरुपमा आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा प्रस्तावित विधेयकमा थप पाँचवटा बुँदामा सुधार गरिएन भने भविष्यमा निर्माण हुने कानुन अधुरो र अपुरो हुने बताइयो ।
यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक, वर्तमान अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, सुधार गर्नुपर्ने बुँदामा एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठको प्रस्तुतिमा रहेको थियो । मन्त्रालयले तयार पारेको विधेयकमा जबर्जस्ती करणीको परिभाषा, सहमतिको परिभाषा, नजिकको उमेर समूहसम्बन्धी अपवाद, वैवाहिक बलात्कार र हद म्यादसम्बन्धी प्रस्तावित विधेयकमा सुधार आवश्यक रहेको अधिवक्ता श्रेष्ठले प्रस्तुतिमा उल्लेख गरे ।
आर्थिक वर्ष २०८१/०८२ मा यौन हिंसासम्बन्धी नेपालमा भएका घटनाको प्रस्तुतिमा चर्चा गरिएको थियो । नेपाल प्रहरीमा जाहेरी परेको तथ्यांकलाई विश्लेषण गरिएको थियो । वर्षमा कुल अपराधकाे २९ प्रतिशत लैंगिक हिंसाका घटनाहरु रहेकाे तथ्यांक छ । ७८.५ प्रतिशत अभियुक्तहरु पीडितका परिचित व्यक्ति रहेको र ६२.४ प्रतिशत बालिका पीडित रहेको तथ्यांक प्रस्तुत गरिएको थियो ।
उमेर समूहबीचको यौन सम्बन्धका ’boutमा अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ भन्ने कुरा प्रस्तुतिमा उल्लेख गरिएको थियो । भारत, बंगलादेश, श्रीलंका तथा युरोपका देशहरुमा दुई वर्षअन्तरको उमेर समूहबीच हुने यौन सम्बन्धलाई निरपराधिकरणको व्यवस्था’bout अधिवक्ता श्रेष्ठको प्रस्तुतिले स्पष्ट गरेको थियो ।
घरमै यौन हिंसा बढी हुने गरेको, हिंसामा बालिकाको संख्या धेरै रहेको र बलात्कारपछि हत्याका कसुरदारलाई कस्तो सजाय हुनुपर्छ भन्ने विषयमा सांसदहरुले आफ्नो धारणा राखेका थिए । प्रतिनिधि सभा एमाले सचेतक नीता घतानीले बद्लिदो परिस्थितिलाई समेट्ने गरी कानुन निर्माणमा हुनुपर्नेमा जोड दिइन् । पीडकलाई कठोर सजायको व्यवस्था राख्न उनको सुझाव थियो ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले नेपाल अन्तर्राष्ट्रिय सन्धी सम्झौंताको पक्ष राष्ट्र भएकाले मृत्युदण्डको सजाय राख्न नमिल्ने बताइन् । यौन हिंसाका पीडकलाई अन्य अपराधीसरह सजाय दिएर मात्र पुग्दैन, विशेष सजायको व्यवस्था हुनुपर्नेमा सांसद लामाले जोड दिइन् ।
नेकपा सांसद बलावती शर्माले पनि यौन हिंसा पीडकलाई मृत्युदण्डको सजायको व्यवस्था राख्न संविधान बाधक भएको बताइन् । संविधानको धारा १६ ले मृत्युदण्डलाई खारेज गरेको छ । सांसद शर्माले भनिन्, ‘अन्तर्राष्ट्रिय सन्धी सम्झौंताको नेपाल पक्ष राष्ट्र भएकाले मृत्युदण्ड सजाय दिने कानुन निर्माण गर्न सम्भव छैन, तर त्यस्ता अपराधलाई कठोर सजायको व्यवस्था गर्नुपर्छ ।’
छलफलमा सहभागि अधिकांश सांसदहरुले यौन तथा लैंगिक हिंसा अन्त्यका लागि बलियाे र कडा कानुन बनाउन ढिला गर्न नहुनेमा जाेड दिएका थिए । बलात्कारपछि हत्या गर्नेलाई आजीवन काराबास सजाय कम भएको छलफलमा बताइयो । समान उमेर समूहबीच सहमतिमा हुने यौन सम्बन्ध राख्नेहरु सुधारगृहमा छन्, यस्तो व्यवस्थालाई कानुनले स्पष्ट परिभाषा गर्नुपर्ने छलफलमा बताइयो ।
कार्यक्रमको उद्देश्य’bout प्रकाश पार्दै महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले लैंगिक हिंसाको १६ दिने अभियान प्रत्येक वर्ष मनाउँदै आएकाे अधिवक्ता विनोदचन्द्र देवकोटाले बताए । सरकारले तयार गरेको यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा व्यापक छलफलपछि मात्र कानुन निर्माणका लागि प्रकृया अगाडि बढाउनुपर्ने अधिवक्ता देवकोटाको भनाइ थियो ।
यौन हिंसासम्बन्धी विषय गम्भीर भएकाले हतारमा कानुन निर्माण गरेर पछुताउनेभन्दा पहिले व्यापक छलफल गरेर प्रकृया अगाडि बढाउनु बुद्धिमानी हुने उनको भनाइ थियो । सरकारले प्रस्ताव गरेको विधेयकमा पाँचवटा बुँदामा सुधार आवश्यक रहेको अधिवक्ता देवकोटाकाे भनाइ छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरूविरुद्ध वा उनीहरू बीच हुने असहमतिको यौन सम्बन्धलाई बलात्कार मान्ने गरी विधेयक तयार पारेको छ। यसलाई युएन मोडेल बलात्कार कानुनअनुसार लिङ्ग वा लैङ्गिक पहिचानको भेदभाव नगरी सबै व्यक्तिहरूलाई समान संरक्षण प्रदान गर्न, तथा शरीरको कुनै पनि अङ्ग वा वस्तुद्वारा योनि, गुदद्वार वा मुखमा जुनसुकै मात्रामा गरिने गैर-सहमतिको यौन प्रकृतिको प्रवेशलाई अपराध घोषित गर्न कानुनमा संशोधन गर्न सुझाइएको छ ।
यसैगरी सहमतिलाई स्वेच्छिक तथा स्वतन्त्र इच्छाबाट दिइने स्वीकृतिको रूपमा स्पष्ट र सकारात्मक रूपमा परिभाषित गरिनुपर्छ र यसलाई पीडितको मौनता, प्रतिवादको अभाव, विगतको यौन इतिहास, पेसा वा सम्बन्धका आधारमा सहमति अनुमान गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ।
दफा २१९(२) (ख) मा संशोधन गरी ‘होस ठेगानमा नरहेको’ भन्ने शब्दावलीको सट्टा अचेत अवस्था, निद्रा र नशा (मादक पदार्थ, लागूऔषध सेवन) लाई स्पष्ट रूपमा समेट्ने गरी मञ्जुरी दिन नसक्ने असक्षमताको स्पष्ट मापदण्ड राख्ने सुझाइएको छ ।
१८ वर्षमुनिका किशोर-किशोरी बीच २ वर्ष वा सोभन्दा कम उमेरको अन्तर भई सहमतिमा यौन सम्बन्ध भएमा १ वर्षसम्म कैद हुने नयाँ उपदफा (४) प्रस्ताव गरिएको छ। दुवै किशोर–किशोरी कमसेकम १४ वर्ष पुगेका र उमेरको अन्तर २ वर्षभन्दा बढी नभएको अवस्थामा सहमतिमा भएको यौन सम्बन्धलाई पूर्ण रूपमा निरअपराधिकरण गरिनुपर्छ। डर, धम्की, प्रलोभन, शोषण वा शक्ति–अधिकारको दुरुपयोग भएका घटनाहरूलाई भने यस अपवादबाट पूर्ण रूपमा अलग राखी कडा सजायको दायरामा ल्याउन सुझाइएको छ ।
सम्बन्धित समाचार
फूलको कूटनीतिमा नेपाल–चीन सम्बन्ध, धुलिखेलमा पियोनी बगैंचा
भीमफेदी इभी दुर्घटना अपडेट: एकै परिवारका छसहित १४ जनाको मृत्यु
कोपमा कमजोर कूटनीतिः सरकारी टोलीदेखि विज्ञसम्म आफ्नै स्वार्थमा
दानबहादुर कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
जसपा नेपाल त्यागेका नगर उपप्रमुखसहित १८ जनप्रनिधिको पद रिक्त, निर्वाचन आयोगले निकाल्यो सूचना
प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन
विस्तृत शान्ति सम्झौताका २० वर्ष : १६ सरकारले पनि दिएन पीडितलाई न्याय
मधेशमा मध्यावधिको जोखिम, नवनियुक्त मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्ने चुनौती






