धनगढीमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

धनगढी । ‘लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने मूल नारासहित धनगढीमा ३५औँ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ ।

धनगढी उपमहानगरपालिकाको आयोजनामा बुधबार (नोभेम्बर २५) देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियानको सुरुवात प्रभातफेरी कार्यक्रममार्फत गरिएको हो ।

ट्राफिक चौराहबाट सुरु भएको प्रभातफेरी जेन्जी मार्ग पुगेर समापन भएको थियो । प्रभातफेरीमा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, महिला अधिकारकर्मी, सामाजिक अभियन्ता, सुरक्षाकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रभातफेरीमार्फत लैंगिक हिंसाविरुद्ध सामाजिक सचेतना अभिवृद्धि गर्ने, हिंसापीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने र हिंसाजन्य घटनामा हुने दण्डहीनताको अन्त्यका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुँदै आएको छ ।

धनगढी उपमहानगरपालिकाले अभियान अवधिभर विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी लैंगिक हिंसामुक्त समाज निर्माणका लागि पहल गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 8 times, 1 visits today)

epaper

ताजा समाचार

लालपुर्जा वितरणका लागि धनगढीका ५ वडाको विवरण जिल्ला समितिमा पठाइयो