काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला र प्रदेश अधिवेशन गर्ने कार्यतालिका लगभग टुगो लगाएको छ ।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला अधिवेशन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
सभापति थापाका अनुसार मौसमको प्रतिकूलता र हिमपात हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै हिमाली जिल्लाहरूको अधिवेशन मंसिरको अन्तिम सातामै सम्पन्न गर्ने योजना बनाइएको हो । बाँकी जिल्लाहरूमा भने पुस ४ र ५ गते एकैसाथ अधिवेशन हुनेछ । यद्यपि, निर्वाचन समितिले सम्बन्धित जिल्ला कार्यसमितिसँगको सल्लाहमा कुनै विशेष परिस्थिति वा बाध्यता आइपरेमा मितिमा सामान्य हेरफेर गर्न सक्ने लचकतासमेत राखिएको छ ।
यसैगरी, पार्टीको प्रदेश अधिवेशन आगामी पुस १२ देखि १८ गतेको बीचमा सम्पन्न गर्ने गरी निर्वाचन समितिले आन्तरिक तयारी अघि बढाएको छ । सभापति थापाले सातवटै प्रदेशको अधिवेशन एकैदिन नगरी एक–दुई दिनको फरक पारेर सञ्चालन गरिने स्पष्ट पारेका छन् । सबै प्रदेश अधिवेशनहरूमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू स्वयं उपस्थित भएर सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले मिति फरक–फरक राख्न लागिएको हो ।
सबै मितिहरूको अन्तिम टुगो लगाएर घोषणा भने निर्वाचन समितिले सबै जिल्ला समिति तथा प्रदेश समितिसँग परामर्श गरेपछि भोलिसम्ममा गर्ने पनि सभापति थापाले स्पष्ट पारे ।
पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति र संशोधित विधानले निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएसँगै कांग्रेसले देशभरका ७५३ वटै पालिकामा ‘हामी तयार छौँ अभियान’ सञ्चालन गर्नुका साथै जिल्ला र प्रदेश अधिवेशनमार्फत संगठन सुदृढीकरणलाई तीव्रता दिएको हो ।
सम्बन्धित समाचार
जिल्ला समन्वय समिति प्रमुखसहित खोटाङका ८ जनप्रतिनिधि पदमुक्त
२५ घन्टाका लागि विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधामन्त्री
प्रधानमन्त्रीको भारत भ्रमण : भारतमा राजकीय सम्मान, नेपालमा राष्ट्रप्रमुखकै अपमान
प्रधानमन्त्री बालेन र भारतीय राष्ट्रपति मुर्मूबीच भेटवार्ता
भारत भ्रमणबाट फर्किए प्रधानमन्त्री बालेन
हङकङमा देउवा समूहको अधिवेशनमा आरजु सार्वजनिक
गृहमन्त्री सुदन गुरुङको विवाह मंसिर १७ गते
राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री बालेनले भने– अध्यादेश जारी गरिदिनुस्






