सलोन बस्नेत पनि चलचित्र निर्मात, सुरु गरे रंगी

काठमाडौं । अभिनेता सलोन बस्नेत पनि चलचित्र निर्माणमा उत्रिएका छन् । आफ्नो आफ्नो प्रस्तुतिमा नयाँ चलचित्र ‘रंगी’को छायाँकन मँगलबारबाट सुरु गरेका हुन् ।

रेष्टुरेन्ट व्यबसायसमेत सञ्चालन गर्दै आएका सलोनले आफु चलचित्र क्षेत्रमै भएका कारण अभिनयसँगै यसलाई ब्यबसायिक रुपमा पनि अघि बढाउने योजना रहेको राजधानीलाई बताए । सोही योजना अनुसार निर्माताको रुपमा चलत्रि रंगीमा आफु प्रस्तुत भएको उनको कथन छ ।

यो चलचित्रमा उनी आफैं शिर्ष भूमिकामा छन् । चलचित्रको स्कृप्ट निकै राम्रो लागेकाले चलचित्रमा लगानी गर्न तयार भएको पनि सलोनले जिकिर गरे । यो चलचित्रमा सलोनसँगै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीलगायतका कलाकारको अभिनय रहनेछ । यो चलचित्रको छायाँकन ३० दिनमा सक्ने लक्ष्य रहेको पनि सलोनले बताए ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भईरहेको चलचित्र रंगीलाई सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन् । उनको यो पहिलो निर्देशन हो । ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशन गरिसकेका न्यौपानेलाई सलोनले नै यो चलचित्रमा निर्देशकमा अनुबन्धि गरेका रहेछन् ।

सक्षम सुवेदीको निर्माण रहने रंगीमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी एवम् केवलमान सिंह बस्नेतको प्रोडक्सन डिजाईन रहने छ ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षका दलको निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरानदेखि धनगढीसम्म स्वतन्त्र