विमल गुरुङ कृति पुरस्कारको लागि १० कृति मनोनित

काठमाडौं । ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ का लागि आयोजक पक्षले मनोनयन सुची सार्वजनिक गरेको छ । एक विज्ञप्ति जारी गर्दै २०८० मा प्रकाशित १० वटा पुस्तकको मनोनयन सूची सार्वजनिक गरेको हो ।

कवि विमल गुरुङ स्मृति पुस्तकालयले मनोनयनमा परेको उत्कृष्ट १० पुस्तक मध्यबाट एउटालाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ प्रदान गरिने जनाएको छ । पुरस्कारमा २ लाख रुपैयाँ राशी र ताम्रतत्र रहेको छ ।

पुस्तकालयले दुई वर्ष अघिदेखि वर्षको उत्कृट कुतिलाई विमल गुरुङ कृति पुरस्कार प्रदान गर्दै आएको पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

यसरी मनोनयनमा परेको उत्कृष्ट छनोटमा परेका कृतिमा मोमिलाको निबन्ध संग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जशकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योञ्जनको कविता संग्र्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्ध संग्र्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा रहेका छन् ।

यस्तै दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कविता संग्रह लहना र तीर, गगन योक्पाङ्देनको कविता संग्र्रह केवाफुंको गीत, प्रवीण खालिङको निबन्ध संग्रह चियागफ, मञ्जुला तामाङ सुब्बाको कविता संग्र्रह कुहिरोभित्र घुम जोरबंगलो पनि मनोनयनमा परेको छ । स्वदेश र विदेशमा नेपाली भाषामा प्रकाशित १ सय १ वटा पुस्तक प्राप्त भएको पुस्तकालयले जनाएको छ ।

पुस्तकालयले ३३ वर्षदेखि नियमित आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवमा यो पुरस्कार प्रदान गर्ने आयोजक पक्षले जनाएको छ । महोत्सबको लागि पुस्तकालयले १० उत्कृष्ट कविता पनि छनोट गरेको छ । प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनोट गरिएको पनि अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 10 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने