पोखरीमा कारसहित डुबेका २ जनाको शव निकालियो

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्कुलको पोखरीमा कारसहित डुबेका २ जनाको शव निकालिएको छ। सशस्त्र प्रहरीका गोताखोरले बेपत्ता दुई जनाको शव निकालेका हुन् । मृत्यु हुनेमा कारमा सवार महोत्तरीको गौशला नगरपालिका वडा नं.१० बस्ने अन्दाजीन ३८ वर्षीय सुरेश महतो र सोही कारमा सवार महोत्तरीकै सोनवा गाउँपालिका वडा नं ८ बस्ने अन्दाजी ३७ वर्षीय रामाकान्त ठाकुर रहेका छन्।

आज विहान ४ बजे ईश्वरपुर नगरपालिका वडा नं २ मियाँखोर स्थितमा रहेको ससरस्वती उच्च मा.बि.को पोखरीमा बयलबासबाट गौशला तर्फ जादै गरेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई डुबेका थिए। उक्त कारको चालक महतो र ठाकुर कारमै मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यसैगरी उक्त कारमा सवार मध्ये महोत्तरीको गौशला नगरपालिका वडा नं.२ बस्ने ३१ वर्षीय जनक यादव सकुशल बाहिर निस्किएको ईलाका प्रहरी कार्यलय केशरगंजका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

पोखरीमा कार डुबि हराई रहेको बिहानको समयमा स्थानियहरुले प्रहरीलाई सूचना दिन वितिकै प्रहरी टोली परिचाल गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य