डेढ वर्षलाई पुग्ने गरी विदेशी मुद्रा सञ्चिति

काठमाडौं । मुलुकमा विदेशी मुद्राको अधिक सञ्चिति भएको छ । नेपालबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुँदा विदेशी मुद्रा सञ्चिति बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार तीन महिनाको आयातलाई आधार मान्ने हो भने मुलुकमा डेढ वर्षसम्मलाई पुग्नेगरी विदेशी मुद्रा सञ्चिति भएको छ ।

तीन महिनामा मुलुकको आर्थिक स्थिति मजबुत

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९ दशमलव ४ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ असोज मसान्तमा ८ दशमलव ७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकामा २०८१ असोज मसान्तमा ७ दशमलव ५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकामा २०८१ असोज मसान्तमा २६ दशमलव ९ प्रतिशतले वृद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१÷८२ को तीन महिनाको आयातलाई आधार मान्दा बंैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९ दशमलव १ प्रतिशत, १२१ दशमलव ९ प्रतिशत र ३० दशमलव ९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा सो अनुपात क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका थिए ।

राष्ट्र बैंकले प्रकाशित गरेको तीन महिनाको आर्थिक प्रतिवेदनअनुसार चालू खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।

तीन महिनामा खुद पुँजीगत ट्रान्सफर २ अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

यसैगरी, शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ । नेपालबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी भएको खण्डमा शोधनान्तर बचत हुने गर्छ । ३ वर्ष अघिसम्म मुलुक शोधनान्तर घाटामा रहेको थियो ।

राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा असोजमा मूल्यवृद्धि ४ दशमलव ८२ प्रतिशत रहेको छ । तीन महिनामा आयात ४ दशमलव २ प्रतिशतले घटेको छ भने निर्यात ६ दशमलव १ प्रतिशतले घटेको छ ।

यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ११ दशमलव ५ प्रतिशतले बढेको छ । नेपाल सरकारले तीन महिनामा ३ खर्ब २९ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ । राजस्व संकलन तीन महिनामा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

तीन महिनाको आधार लिने हो भने गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मदिराजन्य पेय पदार्थको ६ दशमलव ३२ प्रतिशतले मूल्य बढेको छ । कपडाजन्य तथा जुत्ताचप्पलको ६ दशमलव १२ प्रतिशत र घरायसी उपकरणको ४ दशमलव ८८ प्रतिशतले बढेको छ । ग्रामीण क्षेत्रमा ५ प्रतिशतले मूल्य बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४ दशमलव ७६ प्रतिशत रहेको छ ।

साउन, भदौ र कात्तिकको अवधिमा विप्रेषण आप्रवाह ११ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव ८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड डलर रहेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार तीन महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ ।

तीन महिनामा चालू खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।

तीन महिनामा खुद पुँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पाकेको धानको बाला र बोट अलग्गै किसान पीडित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?