देवेन्द्रले ल्याए दृढ संकल्प र देवु

काठमाडौं । स्रष्टा देवेन्द्र केसी.‘देवु’ले एकसाथ २ कृति सार्वजनिक गरेका छन् । सोमबार केसीको चौथो मुक्तक कृति दृढ संकल्प र तेस्रो गीति एल्बम देवुको काठमाडौंमा एक समारोहबीच लोकार्पण गरिएको छ ।

कवि एवं गीतकार तथा पूर्वमन्त्री एस. पी. कोइराला, कवि एवं गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गजलकार घनेन्द्र ओझा, प्रकाशक चन्द्रा केसीलगायतले उनका दुई कृतिको सँयुक्त विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै गजलकार ओझाले लामो समय सरकारी सेवामा बिताएका देवेन्द्रका सिर्जना ससक्त छन भने । आफू जन्मिएको र हुर्किएको स्थान गण्डकी क्षेत्रको प्रकृति, लोक संस्कृति र परम्पराका विषय सन्दर्भ उनको सृजनामा नछुट्ने ओझाले बताए । व्यक्तिका रूपमा केसीलाई परिचित गराउँदा उनी खरो र दृढ स्वभावका कोमल हृदय भएको ओझाले बताए । तर उनका रचनाले गिर्दो मानवीयता, भ्रष्टाचार, अनियमितता, राष्ट्रघातमाथि तीव्र र तीखो व्यंग्य गर्दै त्यसमा सुधारको आह्वान गरेको पनि ओझाले जिकिर गरे ।

स्रष्टा देवेन्द्र केसीले आफूले भोगेको र देखेको जीवन अनि संसारबाटै सिर्जनाका विषयहरु लिएर यी सृजना गरेको बताए । उनले जागिरे जीवनका प्रसंगहरू पनि आफ्ना रचनामा आएको जनाए । जागिरे जीवनको व्यस्ताका कारण बिगतमा सृजनामा त्यत्तिधेरै समय दिन नसकेको उनको कथन थियो ।

संगीतकार शक्तिबल्लभले गीति एल्बम देवुमाथि प्रकाश पार्दै देवेन्द्रका गीतमा लोक जीवन झल्कने बताए । सुललित र कोमल गीत लेख्ने केसीका प्रस्तुत एल्बमभित्रका गीतले आमश्रोताको हृदय छुने उनले दाबी गरे ।

गीतिसँग्रह देवुमा रहेका आधा दर्जन गीतमा मुरलीधर, नरहरि प्रेमी, राजनराज शिवाकोटीसहित ६ जनाको संगीत छ । यी नवीन कार्की, समीक्षा अधिकारी, नरहरि प्रेमी, राजनराज शिवाकोटीलगायत ८ जनाको स्वर समावेश छ ।

तपाइको प्रतिक्रिया
(Visited 7 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्बिरोध

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी