काठमाडौं । नेपाल यु.एस. अलम् नाइ नेटवर्क (नुसान) को छैटौं वार्षिक साधारणसभा गत शनिबार सम्पन्न भयो । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा विगत एक वर्षमा भएका कार्यक्रमहरुका साथै आगामी वर्षमा गरिने कार्य योजनाको वारेमा पनि जानकारी गराएको थियो । सो योजना अन्तर्गत काठमाडौंमा मात्र नभएर ७ वटै प्रदेशमा कमिटी गठन गरि थप कार्ययोजनाहरु अगाडी बढाई कार्यन्वयन गर्ने जानकारी गराएका थिए ।
अलम् नाइ नेटवर्कका सदस्यहरुको उत्साहजनक सहभागिता रहेको उक्त साधारणसभामा वार्षिक आयव्यय प्रस्तुत गरिएको थियो । संगठनको अध्यक्ष प्रविणा अमात्य श्रेष्ठले कार्यक्रममा भविष्यका कार्ययोजना प्रस्तुत गरेकी थिइन, जसलाई साधारण सदस्यले स्वागत गरेका थिए । संगठनले ७ वटै प्रदेशमा यु.एस एम्बेसिको सहयोगमा सानो परियोजना अन्तर्गत कार्यक्रमहरु पनि चाडै ल्याउने र आगामी वर्षमा अमेरिकाबाट उच्च शिक्षा हासिल गरेकाहरुलाई पनि यस संगठनमा समावेश गरि संगठन अगाडि लैजाने योजना भएको अध्यक्ष श्रेष्ठले बताए । नेटवर्कका आजीवन सदस्यलाई कार्यक्रममा सम्मान गरिएको थियो । विभिन्न प्रदेशमा रहेका यु.एस . अलम् नाइ एकै ठाउँमा भेला हुँदा कार्यक्रममा रौनकता छाएको थियो ।