बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका – १२ मा रहेको शुक्र’bout युवा क्वलद्वारा दोश्रो अन्तर विद्यालय हाजिरीजवाफ प्रयोगिता आयोजना गर्ने भएको छ। बुधबार पत्रकार सम्मेलन गर्दै दोश्रो अन्तर विद्यालय हाजिरीजवाफ प्रयोगिता आयोजना गर्ने ’bout जानकारी दिएको हो।
पत्रकार सम्मेलनमा बोल्दै क्वलका सचिव तोया पोखरेलले सुन्दरहरैंचा र बेलबारी नगरपालिकाका १८ भन्दाबढी सरकारी तथा निजि बिद्यालयहरु सहभागी हुने बताए। प्रतियोगितामा पुरस्कार प्रथम,द्वितिय, तृतीय तथा सान्त्वना हुने बिद्यालयहरुलाई क्रमश १५,११,७ र नगद ३ हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रधान गरिने सचिव पोखरेलले बताए।
विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्न लागिएको क्वलका अध्यक्ष जय नारायण चौधरीले बताए। किताबी ज्ञानका अतिरिक्त वाह्य ज्ञान, सीप र क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई सकृय बनाउनु क्वलको मुख्य उदेश्य रहेको अध्यक्ष चौधरीले बताए।
पत्रकार सम्मेलनका प्रमुख अथिति सुन्दरहरैंचा – १२ का वडाअध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले विगत लामो समय देखि शुक्र’bout युवा क्वलले समाज परिवर्तनका लागि राम्रो काम गर्दै आइरहेको बताउदै हाजिरीजवाफ पनि त्यसैको एक उदारहण भएको बताए।
उनले यो प्रतियोगिता सफल पार्न वडा तथा नगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। कार्यक्रम वडा नं १२ मा रहेको ओरिजिन सेकेण्डरी स्कुलमा पौष ६ गते शनिबार हुने युवा क्वलले जनाएको छ।