फोनिज गण्डकीमा खिमा

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशले पहिलोपल्ट महिला नेतृत्व पाएको छ ।

संस्थाको तेस्रो प्रादेशिक महाधिवेशनले कास्कीकी खिमाकुमारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो । समिति उपाध्यक्ष धनबहादुर गुरुङ, उपाध्यक्ष (महिला) शीला गुरुङ, महासचिव सुरज थापा, सचिव दिलप्रसाद गुरुङ, सचिव (महिला) कला राना र कोषाध्यक्ष सुमन थापामगर चयन भए ।

सदस्यमा चेतबहादुर थापा ‘प्रविन’, यमबहादुर सोमै मगर, खड्गबहादुर आले, मनप्रसाद गुरुङ, कविता घर्तीमगर, चन्द्रकुमारी महतो, पूनम थापामगर र कृष्ण श्रेष्ठ ‘रोजी’ छन् ।

संघीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहामगर, यामबहादुर थापा चयन भएका छन् ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले कार्यक्रम उद्घाटन गर्दै गण्डकीमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि बढेको बताए । सो अवसरमा पर्वतका सञ्जय रेग्मीलाई २० हजार राशिको ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ प्रदान गरियो ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाललाई तीन पार्टीको समर्थन