न्युरो अस्पताल वीरगन्जमा पक्षघातको नयाँ उपचार विधि

वीरगन्ज । मधेश प्रदेशमा नै पहिलो पटक वीरगन्ज न्युरो तथा जनरल अस्पतालले इस्केमिक स्ट्रोक (पक्षघात–लकवा) को थ्रोम्बोलाइसिस प्रक्रियाबाट सेवा सुरु गरेको छ । थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको सेवा सुरु यो सेवा सम्भवतः मधेश प्रदेशमा नै पहिलो भएको पाइएको हो ।

तीन जना बिरामी रोगमुक्त

वीरगन्ज न्युरो तथा जनरल अस्पतालमा हालसम्म तीन जना बिरामीले थ्रोम्बोलाइसिस प्रक्रियाबाट सफलतापूर्वक उपचार सेवा पाइसकेको अस्पताका न्यूरो सर्जन डा.श्यामबाबु प्रसादले बताए । अस्पतालका प्रमुख समेत रहेका डा. श्याम बाबु प्रसादले यो सेवा मधेश प्रदेशको स्वास्थ्य क्षेत्रका लागि ठूलो उपलब्धी भएको पनि दावी गरे । यसअघि थ्रोम्बोलाइसिस प्रक्रियाबाट इस्केमिक स्ट्रोकको उपचार भएको कुनै रेकर्ड थिएन । ‘वीरगन्जको चिकित्सा क्षेत्रका लागि पनि यो झन ठूलो कदम हो’ डा.श्यामबाबु प्रसादको दावी छ ।

मस्तिष्कमा रक्तसञ्चार बन्द गर्ने रगतको थोपा हटाउन अथवा पगाल्न थ्रोम्बोलाइसिस उपचार विधि अपनाइन्छ । यस्तो विधिमा औषधिको प्रयोग हुने पनि उनको भनाइ छ । थ्रोम्बोलाइसिस इस्केमिक स्ट्रोकको उपचारका लागि प्रभावकारी विधि पनि मानिने डा.श्यामबाबु प्रसादले बताए । मस्तिष्कमा रगत पु¥याउने धमनीमा अवरोध भएपछि इस्केमिक स्ट्रोक हुने गर्दछ । बिरामीमा लक्षण देखिएको साढे चार घण्टा भित्र अस्पतालमा ल्याइपु¥याउन सके यो लक्वा तथा पक्षघात रोगबाट बिरामीलाई बचाउन रोकिने पनि डा.श्याम बाबु प्रसादको तर्क छ ।

स्ट्रोकका लक्षणहरूमा अचानक कमजोरी हुने, बोल्न गाह्रो हुने वा अनुहार बाङ्गिने जस्तो जस्ता लक्षण हुन्छन् । यस्तो भएमा तुरुन्त अस्पतालमा ल्याउन सके बिरामीको जीवन सुरक्षित गर्न सकिने पनि अस्पतालले शनिबार यहाँ पत्रकार सम्मेलन गरेर जनाएको छ । यस्ता बिरामीका लागि अन्य उपचार विधिको तुलनामा थ्रोम्बोलाइसिस विधि छिटो र सस्तो पनि हुने न्यूरो सर्जन डा.श्यामबाबु प्रसादको दावी छ । नेपाल सरकारबाट पनि थ्रोम्बोलाइसिस उपचार विधि स्वीकृत भएको र अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनहरूले समेत मान्यता दिएको न्यूरो अस्पतालका प्रमुख डा.डा. श्याम बाबुले जनाए ।

थ्रोम्बोलाइसिसको सुरुवात वीरगन्जमा हुनु यहाँको स्वास्थ्य क्षेत्रका लागि एउटा कोसेढुंगा पनि हुने यहाँको स्वास्थ्य क्षेत्रका जानकारहरुको पनि तर्क छ । इस्केमिक स्ट्रोक उपचारका लागि बिरामीहरूलाई राजधानी काठमाडौं अथवा भारत जस्ता ठाउँमा पुगी महंगो सेवा लिन यहाँका बिरामीको बाध्य हुने दवाव पनि कम भएको पनि उनीहरुको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रजातन्त्र नमासी राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनमा सहमति हुन सकेन, कैलालीमा सवै दलको उम्मेदवारी दर्ता