एलेक्सको गोल नमोबुद्ध च्याम्पियन

इलाम । नमोबुद्ध युथ क्लब सप्तरीले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । ए डिभिजन मच्छिन्द्र क्लबलाइ १-० ले हराउदै नमोबुद्ध युथ क्लब च्याम्पियन बनेको हो । पाँचथर गोल्डकपमा दोश्रो पटक सहभागि नमोबुद्ध च्याम्पियन बन्न सफल भएको हो । नमोबुद्धको जितमा बिदेशी खेलाडी एलेक्सले एक गोल गरे ।

खेलको ७३ औं मिनेटमा एलेक्सले गरेको गोलनै खेलको निर्णयक गोल बन्यो । एलेक्सले पेलान्टी एरीयाबाट चलाखीपूर्ण रुपमा गोल गर्न सफल भएका थिए । नमोबुद्धले क्वाटरफाइन, सेमीफाइनल र फाइनल सबैमा ए डिभिजन क्लबहरुलाई हराउदै च्याम्पियन भयो । च्याम्पियन नमोबुद्धले ११ लाख रुपैयाँ प्राप्त गरेको छ । पहिलो पटक च्याम्पियन बन्ने लक्ष्य राखेको मच्छिन्द्रले उपविजेता बन्दै ५ लाख ५५ हजारमा चित्त बुझाउन बाध्य भयो ।

पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको ए डिभिजन मच्छिन्द्रकाे फाइनल साेचे जस्ताे बन्न सकेन । खेलमा मच्छिन्द्रले केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । १८औं मिनेटमा मच्छिन्द्रका इष्टोफिन गोल गर्न चुके । पहिलो हाफको इन्जुरी समयमा देबेन्द्रको प्रहार नमोबुद्धका कप्तान गाेल रक्षक जयरतन शेखले पञ्च गरे । खेलको ८१औं मिनेटमा मच्छिन्द्रका विदेशी खेलाडी युसुफ मलिसिखको प्रहार गोलकिपर जयरतन शेखले पञ्च गर्दै क्लिन सिट राख्न सफल भए ।

खेलको प्लेयर अफ द म्याच बिजेता टिम नमोबुद्धका निर्मल घिसिङ भए । उनले नगद ७ हजार ५ सष् रुपैंयाँ पुरस्कार पाए । फागुन २४ गतेदेखि सुरु भएको पाँचौ पाँचथर गोल्डकपमा नेपालका ए डिभिजनसहित ८ टिमको सहभागिता रहेको थियो ।

विधागत पुरस्कारमा पनि नमोबुद्धकै बर्चस्व रह्यो । नमोबुद्ध जयरतन शेख उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर मच्छिन्द्रका देबेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्ड नमोबुद्धका बिकेक राई भए । उच्च गोलकर्ता चर्च ब्वाइजका राज भुसाल र नमोबुद्धका एलेक्स भए । उनिहरु दुबैले प्रतियोगितामा ३ गोल गरेका थिए । यस्तै, उत्कृष्ट प्रशिक्षक नमोबुद्ध धनकुमार तामाङ भए । उत्कृष्ट सबैले समान नगद १० हजार पुरस्कार पाए । उदियमान खेलाडी पाँचथर क्लबका निरज लिङदेन भए भने गोल्डकपको उत्कृष्ट खेलाडी नमोबुद्धका दिपेश चाम्लीङ घाेषित हुँदै नगद १५ हजार पुरस्कार पाए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रजातन्त्र नमासी राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिमका ५१ पालिकाको मतगणना सम्पन्न (सूचीसहित)