एमाले अध्यक्षले घोषणा गरेको परिणामले स्ववियू विवादमा

स्याङ्जा । कालीगण्डकी गाउँपालिका स्थित मिर्मि बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनलाई लिएर क्याम्पस संचालक समितिले पदबाट राजीनामा दिएका छन् । सञ्चालक समितिका १२ जना सदस्यहरूले सामूहिक रुपमा क्याम्पस प्रमुख समक्ष राजीनामा पेश गरेका छन् । सहमतिकै आधारमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने सहमति अनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले एकपक्षिय रुपमा उमेदवार दर्ता गर्ने काम गरेको भन्दै १२ जना संचालक समितिले राजीनामा दिएका हुन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी सहितको संयुक्त बैठक बसेर स्ववियू निर्वाचन सम्पन्न गर्ने सहमति भएको थियो ।

सहमतिय प्रणालीलाई तोड्दै नेकपा एमालेका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस)ले मिर्मि बहुमुखी क्याम्पसमा निर्विरोध निर्वाचित भएको घोषणा गर्दै सामाजिक संजालमा बधाई दिएपछि संचालक समितिमा विवाद भएको हो । निर्वाचन समितिले निर्वाचन प्रक्रिया नै पुरा नगरी जिल्ला अध्यक्षबाट घोषणा गरिनुले स्ववियू निर्वाचन एकपक्षिय रुपबाट टुङ्ग्याउन खोजिएको उनीहरुले दिएकोे राजीनामा पत्रमा आरोप लगाउदै उल्लेख गरेका छन् । अध्यक्ष गैह्रेले चारदिन अगाडी स्ववियू सभापति मुना न्यौपाने सहित प्यानलाई सामाजिक संजाल मार्फत बधाई दिएका थिए ।

१२ जना संचालक समितिले राजीनामा पत्रमा उल्लेख गर्दै भनेका छन्,‘क्याम्पसमा सञ्चालक समितिले स्ववियु निर्वाचन प्रक्रिया’bout छलफल गर्दै आम सहमतिका आधारमा निर्वाचन प्रक्रिया टुङ्गोमा पुर्याउने निर्णय गरेको थियो । यस निर्णयअनुसार, आवश्यक निर्वाचन अधिकारीहरुको चयन पनि सर्वसम्मत रुपमा गरिएको थियो ।’ तर, जब निर्वाचन प्रक्रिया अगाडी बढ्यो क्याम्पसको स्वायत्तता र निष्पक्षता माथि प्रश्न उठाउने घटनाहरु सार्वजनिक भए । सहमतिका प्रत्येक बुँदालाई तोड्दै, क्याम्पसमा एकपक्षीय निर्णयहरु लिइएको र नेकपा एमालेको प्रभाव बढाउने प्रयास गरिएको भन्दै राजीनामा पेश गरिएको उल्लेख गरिएको छ । नेकपा एमाले जिल्ला अध्यक्षमार्फत परिणामको घोषणा गरिएको विषयको विरोध गर्दै उनीहरुले स्पष्ट पारेका छन् कि उक्त निर्णय र प्रक्रिया क्याम्पसको स्वायत्तता र निष्पक्षता माथि गम्भीर प्रश्न उठाउने गरी गरिएको छ । यसले क्याम्पसको शिक्षा र व्यवस्थापनको मूलभूत सिद्धान्तमा पनि असर पुर्याउने खतरा बढाएको उल्लेख गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष गैह्रेले सामाजिक संजाल मार्फत मिर्मि क्याम्पसको स्ववियू सभापतिलाई खादा लगाएर बधाई दिएपछि बिभिन्न मिडियाले खबर सार्वजनिक गरेका थिए । क्याम्पस प्रमुख रामप्रसाद पाण्डेले उक्त खबरलाई खण्डन गर्दै कुनै सत्यता नभएको बताएका थिए । क्याम्पसको अवस्था निकै नाजुक रहेकाले दुवै संगठनलाई मिलाएर लैजानुपर्ने पक्षमा क्याम्पस प्रशासन रहदा रहदै सामाजिक संजाल मार्फत हल्ला फैलाईदिदा विवाद बढेको क्याम्पस प्रमुख पाण्डेको भनाई छ ।

यता स्ववियू निर्वाचन समितिका संयोजक भिमप्रसाद श्रेष्ठले निर्वाचन प्रक्रियामा उमेदवारी दर्ता मात्रै गरेको तर अन्य प्रक्रिया अगाडी नवढाइएको बताएका छन् । सहमतिका लागि एउटा समिति निर्माण गरिएको छ उनले भने,‘समितिले जे निर्णय गर्छ सोही बमोजिमको परिणाम हुनेछ ।’ स्ववियू सभापति सहित सबै निरर्विरोध भएको भन्न नमिल्ने उनले बताए । क्याम्पसको बृहत्तर विकासका लागि सबै मिलेर जानुपर्नेमा क्याम्पस प्रशासनले बेलैमा ध्यान नदिदा क्याम्पसको प्रशासनिक र सुधारका बिषय संकटमा पर्ने देखिन्छ ।

चैत्र ५ गते स्याङ्जाका ७ ओटा बहुमुखी क्याम्पसमा निर्वाचन हुदैछ । १९ ओटा बहुमुखी क्याम्पस मध्ये १२ ओटा क्याम्पसमा स्ववियू गठन नहुने बताइएको छ । निर्वाचन हुने क्याम्पसहरुमा मिर्मि बहुमुखी क्याम्पस बाहेक अन्यमा अहिले सम्म विवाद देखिएको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 129 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजतन्त्र फर्काउने प्रयास सफल नहुने एमालेको निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता