बलिउड चलचित्रका महँगा आमाहरू

मुम्बई । बलिउड चलचित्रमा लामो समयदेखि आमाको रूपमा थुप्रै कलाकारहरूले योगदान दिएका छन् । चलचित्रमा आमा भएकै कारण उनीहरूलाई वास्तविक जीवनमा पनि धेरै कलाकारहरूले आमाकै रूपमा सम्बोधन गर्छन् । सुरुका दिनमा अभिनेत्रीको रूपमा करिअर सुरु गरे पनि उनीपछि त्यसपछि चरित्र अभिनेत्रीको रूपमा प्रस्तुत हुन थाले । जसका कारण उनीहरू एक पछि अर्को चलचित्रमा निरन्तर आमाको भूमिकामा सुन्दर ढंगले प्रस्तुत हुँदै आए । जो आज पनि नायिका भन्दा आमाको रूपमा बढी परिचित छन् भने आमाको भूमिकामा त्यत्तिकै सशक्त रूपमा देखिने गरेका छन् । उनीहरू महँगा आमाको रूपमा बलिउडमा परिचित छन् । जसले चलचित्रमा आमाको भूमिकामा महँगो पारिश्रमिक लिन्छन् । तीनै महँगो पारिश्रमिक लिने बलिउड आमाहरूको यहाँ चर्चा गरिएको छ ।

राखी गुलजार
७८ वर्षीय राखी गुलजार बलिउडमा अहिले पनि आमाको भूमिकाको लागि लोकप्रिय छन् । बंगाली चलचित्रबाट नायिकाको रूपमा १९६७ पछि अभिनय यात्रा सुरु गरेकी उनी पछिल्लो समय बंगाली चलचित्रमा आमाकै रूपमा सक्रिय छिन् । उनले केही वेभ सिरिजमा अझै आमाको चरित्र निभाउँदै छिन् । थुप्रै चलचित्रमा आमाको भूमिका निर्वाह गरेको भए पनि चलचित्र ‘करण अर्जुन’ मा उनी सलमान खान र शाहरुख खानको आमा बनेर सर्वाधिक लोकप्रिय भएकी थिइन् । उनले ‘राम लखन’, ‘जीवन एक संघर्ष’, ‘सौगन्ध’, ‘प्रतिकार’, ‘रुदाली’, ‘बोडर’, ‘जीवन योद्धा’, ‘बारुद’, ‘सोल्जर’, ‘वादशाह’, ‘तलास’, ‘दिलका रिस्ता’, ‘क्लासमेट’ जस्ता दर्जनौ सफल चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी राखी बलिउडकी महँगो पारिश्रमिक लिने आमाको सूचीमा पर्छिन् ।

जया बच्चन
सन १९८० को दशकसम्म चलचित्रमा नायिकाको रूपमा अभिनय गरेकी जया बच्चन १९९० को दशकबाट आमाको चरित्रमा प्रस्तुत हुन थालेकी हुन् । उनले निर्वाह गरेको भूमिकाहरू मध्य चलचित्र ‘कभी खुसी कभी गम’ र ‘फिजा’ चलचित्रको आमाको चरित्रबाट बढी लोकप्रिय भयो । बलिउडमा उनी पनि महँगो पारिश्रमिक लिने आमाको सूचीमा अग्र पंक्तिमा पर्छिन् । पछिल्लो आधा दशक यताबाट राजनीतिमा सक्रिय भएपछि आमाको भूमिकामा उनी कम देखिन थालेकी छिन् । तथापि समय मिलाएर उनी अझै पनि आमाको चरित्रमा प्रस्तुत हुँदै आएकी छिन् । दुई वर्ष अघि उनी पछिल्लो चलचित्र ‘रक्की और रानीकी प्रेम कहानी’मा आमाको भूमिकामा प्रस्तुत भएकी थिइन् । ‘पा’, ‘द्रोण’, ‘की औ का’, ‘गंगादेवी’, ‘आपके लिय हम’, ‘कल हो ना हो’, ‘देश’ जस्ता थुप्रै चलचित्रमा उनी आमाको सशक्त भूमिकामा प्रस्तुत भइसकेकी छिन् ।

हेमा मालिनी
७७ वर्षीय हेमा मालिनी पनि विगत तीन दशदेखि आमाको भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् । उनी पनि बलिउडकी महँगी चरित्र अभिनेत्रीको सूचीमा पर्छिन् । हेमा पनि पछिल्लो समय सांसदमा निर्वाचित भएपछि चलचित्रमा काम देखिन थालेकी छिन् । अभिनेत्री हेमलाई आमाको भूमिकामा चलचित्र ‘बागवान’ले सर्वाधिक लोकप्रिय बनायो । यो चलचित्र रिलिज भएपछि धेरैले उनलाई सलमान खानको आमाको रूपमा समेत सम्बोधन गरे । त्यसपछि ‘वीर जारा’, ‘लगा चुनेरीमा दाग’, ‘बाबुल’, ‘सादियाँ’, ‘एक थी रानी ऐसी भी’, ‘सिमला मिर्ची’, ‘दील आसान है’, ‘हिमालय पुत्र’ जस्ता थुप्रै चलचित्रमा आमाको रूपमा प्रस्तुति भईसकेकी छिन् ।

फरीदा जलाल
‘दिलवाले दुल्हनिया ले जायेंगे’ मा आमा बनेकी फरीदा जलालले सो चलचित्रमा मृदुभाषी र सहयोगी आमाको भूमिका निर्वाह गरेकी थिइन् । यो चलचित्रमा निर्वाह गरेको आमाको चरित्र पछि फरीदा आमाको भूमिकामा एक पछि अर्को गर्दै व्यस्त भइन् । उनी पछि १९९० को दशकदेखि अहिलेसम्म पनि आमाकै चरित्रमा व्यस्त छिन् । बलिउडकी महँगो पारिश्रमिक लिने आमाको सूचीमा फरीदा पनि अग्र पंक्तिमा पर्छिन् । ७९ वर्षीय फरिदाले पनि ‘तकदिर’ चलचित्रबाट नायिकाको रूपमा सन १९६७ मा अभिनय यात्रा सुरु गरेकी थिइन् । तर ढल्कँदो उमेरसँगै १९९०को दशकबाट उनले आमाको चरित्र निर्वाह गर्न थालेकी हुन् । एक सय भन्दा बढी चलचित्रमा उनले आमाको भूमिका निर्वाह गरिसकेकी छिन् । उनी चलचित्रमा शान्त स्वभावकी आमाको रूपमा परिचित छिन् । ‘क्या कहेँ’, ‘बिच्छु’, ‘तेरो जादु चल गया’, ‘फर्ज’, ‘जुविदा’, ‘लज्जा’, ‘चोरी चोरी चुप्के चुप्के’, ‘बधाई हो बधाई’, ‘बिग ब्रदर’, ‘लायन’ जस्ता कैयौँ चलचित्रमा उनले आमाको रूपमा लोकप्रियता हासिल गरेकी छिन् ।

शेफाली शाह
बलिउडमा सन २०१४ पछि आमाको रूपमा सर्वाधिक व्यस्त रहेकी चरित्र अभिनेत्री शेफाली शाह हुन् । उनी गम्भीर र यथार्थवादी आमाको भूमिकामा प्रस्तुत हुने गरेकी छिन् । चलचित्र ‘डार्लिङ’ मा उनले एक निडर र व्यंग्यात्मक आमाको भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछिबाट उनी कडा आमाको भूमिकामा बढी देखिने गरेकी छिन् । ‘दिल धड्कने दो’मा निर्वाह गरेको उनको आमाको भूमिका पनि त्यत्तिकै लोकप्रिय थियो । ‘दिल्ली क्राईम’, ‘डाक्टर जी’, सहित १ दुई दर्जन चलचित्रमा आमाको रूपमा प्रस्तुति भएकी ५२ वर्षीय शेफाली चलचित्रसँगै वेभ सिरिजकी व्यस्त आमा हुन् । उनी पछिल्लो पुस्ताकी महँगी आमामा पर्छिन ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन