पोखरामा हेमजा साहित्य महोत्सव सुरु

पोखरा । साहित्य, संस्कृतिको प्रवद्र्धन एवं समग्र हेमजाको पहिचान बढाउने उद्देश्यले पोखरा २५, हेमजामा शुक्रबारदेखि साहित्य महोत्सव सुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त महोत्सवको पहिलो दिन विविध विषयमा संवाद तथा साहित्यिक गतिविधि भए । दोस्रो दिन कविवर मुकुन्दशरण उपाध्यायलाई जन्मस्थल हेमजामा रथारोहणसहित अभिनन्दन गरिने मूल समारोह समिति उपाध्यक्ष कोविदशरण उपाध्यायले बताए । उनका अनुसार शुक्रबार नेपाली नाटक तथा रंगमञ्च, महाकाव्य लेखन, नेपाली आख्यान, मुक्तक, गीत, गजल, लघुकथा र कविता विद्याका ’boutमा परिसंवाद भएको छ ।

नेपाली नाटक तथा रङ्गमञ्च’bout प्राडा रामचन्द्र पोखरेल, कृष्ण उदासी र पुरु लम्सालले बहस गरे । त्यसको सहजीकरण प्राञ्जलले गरेका थिए ।

अर्को सत्रमा डा. नवराज लम्साल, माधव वियोगी र डा.रमेश शुभेच्छुले ‘वर्तमान समयमा महाकाव्य लेखन’ ’bout बहस गरे । जसको सहजीकरण प्राडा जगन्नाथ रेग्मीले गरे ।

सोही अवसरमा साहित्य महोत्सवबीच वर्तमान् सन्दर्भमा नेपाली आख्यान विषयमा परिचर्चा पनि भयो । ज्ञानु अधिकारी, डा.रजनी ढकाल, तीर्थ गुरुङले चर्चा गरेकोमा डा. भूमिराज वस्ताकोटीले सहजीकरण गरे ।

देशभरबाट करिब सय जना स्रष्टाले भाग लिएको महोत्सवमा मुक्तक, गीत, गजल, लघुकथा र कविता विधा’bout पनि संवाद भएको महोत्सव संयोजक छन्दमणि त्रिपाठीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन