अर्किड केयर होममा पेडियाट्रिक रिहाबिलिटेशनको तेस्रो वार्षिकोत्सवमा अक्षरालयको उद्घाटन

काठमाडौं । आर्किड केयर होम एण्ड रिहाबिलिटेशन सेन्टरले पेडियाट्रिक रिहाबिलिटेशनको तेस्रो वार्षिकोत्सव भव्यरुपमा मनाएको छ । कार्यक्रममा विशेष रूपमा अटिजमसम्बन्धी सचेतना फैलाउने गतिविधिहरू समावेश गरिएका थिए ।

वार्षिकोत्सवको अवसरमा जागरणका लागि प्रभातफेरी गरिएको थियो जसले समुदायमा अटिजमसम्बन्धी सचेतना बढाउने उद्देश्य राखेको थियो । कार्यक्रममा बालबालिका, शिक्षक र केयरगिभरहरूले आकर्षक नृत्य र प्रस्तुति प्रस्तुत गरेका थिए । त्यस्तै, सो अवसरमा आयोजना गरिएका मनोरञ्जनात्मक खेलहरूले वातावरणलाई रमाइलो र सहभागीमूलक बनाएको थियो ।

हिमालय टाइम्सका कार्यकारी निर्देशक उज्ज्वल शर्माले कार्यक्रममा ‘अक्षरालय’ को उद्घाटन गरेका थिए । यो विशेष आवश्यकता भएका बालबालिकाहरूलाई संरचित र व्यक्तिगत आवश्यकता अनुसारको थेरापी प्रदान गर्ने प्रि-स्कूल वातावरणको रूपमा सञ्चालन हुने जनाइएको छ ।

अर्किडका मेनेजिङ डाइरेक्टर अस्मिका कटुवालले यस अक्षरालयमार्फत बालबालिकाले मात्र नभई अभिभावकहरूबाट पनि माया, साथ र विश्वास पाउने अपेक्षा रहेको बताउनुभयो । सो अवसरमा विभिन्न प्रतियोगितामा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

वार्षिकोत्सवले अटिजम सम्बन्धी सचेतना, समावेशिता र परिवार तथा समुदायको सक्रिय सहभागितामा जोड दिएको थियो । कार्यक्रममा महिला सुरक्षा दवाव समूहकी निर्वतमान अध्यक्ष कल्याणी शाह, निलम शर्मा, प्रतिमा भण्डारी, डा. पूर्णिमा तुलसीयन, डा. देवेन्द्र सोन्धर्व, सुबिक्षा शर्मा, यमुना कटुवाल, तारा भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 30 times, 1 visits today)

epaper

ताजा समाचार

भोजपुरका ८७ मध्ये ३३ वटा मतदान स्थल अतिसंवेदनशील