काठमाडौँ । नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करण चलचित्र विकास बोर्डको हलमा भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय अनिलकुमार सिन्हाको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष आतिथ्यतामा सम्पन्न ‘चौथो विराट फिल्म एन्ड म्युजिक अवार्ड–२०८२’ मा फिल्म र गीत संगीतका गरेर ३५ वटा विधामा अवार्ड प्रदान गरियो ।
कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ २४ विधा र चलचित्रतर्फ १२ विधा गरी जम्मा ३६ विधामा अवार्ड प्रदान गरिएको हो । अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीत कृतिहरूलाई समेटेर उत्कृस्ट पाँच नोमिनेसन तय गरिएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा सम्पन्न यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन आएका फिल्म तथा सार्वजनिक गीत–संगीतलाई समावेश गरिएको थियो । साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको छ । अवार्डको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ मा लाइफ टाइम अचिभमेन्ट अवार्ड कलाकार तथा निर्देशक शुभाष गजुरेललाई नगद २५,५५५ सहित सम्मान प्रदान गरियो । पत्रकार श्री कृष्ण भट्टराइलाई नगद ११,१११ सहित पत्रकारिता पुरस्कार प्रदान गरियो । कार्यक्रममा थुप्रै कलाकार,संगीतकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले गरेका थिए । कार्यक्रममा लेखक निर्देशक काजी लिम्बु,कलाकार श्रेया दुलाल, निर्माता द्वय सुनीता सापकोटा तथा राम नारायण उपाध्याय र बिज्ञान श्रेष्ठलाई सम्मान गरिएको थियो ।
अवार्ड कार्यक्रमको जुरी टिममा निर्देशक तथा सम्पादक रक्षा सिंह राणा, छायाँकार शिव ढकाल, गीतकार प्रमोद ढुंगाना, निर्देशक ऋषि लामिछाने, लेखक तथा निर्देशक अमरदीप सापकोटा र गायक नविन कुमार पौडेल रहेका थिए ।
सम्बन्धित समाचार
गोंगबुमा रेणुको ‘जे एन्ड जे युनिसेक्स सलुन’ शुभारम्भ
ओस्कार अन्तर्राष्ट्रिय अवार्डको फाइनलमा ५ देशबीच प्रतिस्पर्धा
खेम शर्माको तीनवटा कृति सार्वजनिक
ज्ञानेन्द्रले ६३ दिनमा सके ‘झिँगेदाउ २’को छायांकन
शिव भजनमा ‘नमो नमो शंकरा…’को नयाँ रेकर्ड
निताकुमारीले जितिन् सातौँ ‘द भ्वाइस अफ नेपाल’
नयाँ वर्षमा आफ्नै दुई चलचित्र आउँदा विपिनलाई तनाव
बलिउड अभिनेता, जसले तीन पटक गरे विवाह






