काठमाडौँ । नेपाली चलचित्र ‘दर्पण छायाँ’जोडी भनेर एक समय चर्चा पाएका उत्तम प्रधान र निरुता सिंह लामो समयपछि चलचित्रमा फेरी सँगै प्रस्तुत भएका छन् । यो जोडी पुनः नयाँ चलचित्र ‘सारथी’मा सँगै देखिन लागेका हुन् । करिब दुई दशकपछि यी दुई कलाकारको चलचित्र पर्दामा पुनर्मिलन हुन लागेको हो ।
लामो समयपछि चलचित्रको पर्दामा सँगै देखिन पाउँदा आफूहरू निकै उत्साहित भएको अभिनेत्री निरुता सिंहले सोमबार राजधानीलाई बताइन् । दुई दशक अघिको यादलाई आफूहरुले ताजा गर्ने पनि उनले बताईन् ।
यसरी यो जोडीलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको चलचित्र ‘सारथी’को सोमबार बिहान काठमाडौँको भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरियो । शुभ मुहूर्तसकेर सोमबार नै चलचित्रको टोली छायांकनको लागि म्याग्दीको गुर्जा खानीतर्फ प्रस्थान गरेको छ ।
यो चलचित्र कुमार गजुरेलको डेब्यु निर्देशनमा बन्न लागेको हो । निर्देशक गजुरेलका अनुसार ९ वैशाखबाट गुर्जा खानी आसपासका रमणीय स्थानमा यसको छायांकन थालिँदैछ । करिब ४० दिनसम्म यसको छायांकन त्यहाँ गरिने छ ।
निरुता सिंह, उत्तम प्रधानसँगै यो चलचित्रमा मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मि गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायत कलाकारको अभिनय रहने छ ।
यस चलचित्रका निर्मातामा सम्पादक तारा थापा ‘किम्भे’, सौर्यल थापा, कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी र लाइन प्रोड्युसर अमीर केसी छन् । चलचित्र किम्भे प्रोडक्सन र धिरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको हो।
सम्बन्धित समाचार
उषा खड्गीको जाहेरीपछि जीपी तिमल्सिना पक्राउ
मधेसका चलचित्र प्रवर्धन गर्न चन्द्र नगरमा महोत्सव
अदालतले खारेज ग-यो तमन्नाहको १ करोड डलर क्षतिपूर्ति मुद्दा
बंगलादेशमा छायांकन गरिएको ‘सधैँ तिमी’मा प्रवण र सरिता रोमान्स
‘कथा घेरा’को सडक नाटक विवादको घेरामा
चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा बलामी
हैदराबाद छाडेर दुई वर्ष मुम्बई बस्दै अल्लु अर्जन
मुस्ताङको घरपझोङ राष्टिय मूर्तिकला कार्यशाला






