‘झिँगेदाउ २’ संविधान दिवसमा आउने

काठमाडौं । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको चलचित्र ‘झिँगेदाउ २’को प्रदर्शन मिति परिवर्तन भएको छ । मंगलबार चार मुख्य कलाकार समेटिएको पोस्टर सार्वजनिक गर्दै चलचित्रलाई आगामी ३ असोज संविधान दिवसको अवसर पारेर देशव्यापी प्रदर्शनमा ल्याइने जानकारी दिइएको छ ।

यसअघि दशैंको फूलपातीमा रिलिज गर्ने घोषणा गरिएको थियो । सो मितिमा चलचित्रबीच प्रतिस्पर्धा बढ्ने देखिएपछि निर्माण टिमले सुरक्षित विकल्पका रूपमा नयाँ मिति तय गरेको निर्देशक देउजाले बताएका छन् ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा बनेको यस चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल र आशिष पुरुषलगायत कलाकारहरूको अभिनय रहेको छ।

काभ्रे, काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ र चितवन लगायतका विभिन्न स्थानमा यसको छायांकन गरिएको हो । हाल यस चलचित्रको डबिङ कार्य भइरहेको छ । विष्णु घिमिरे ‘कल्पित’ले खिचेको यस चलचित्रका निर्माता सुलभ प्रतिक देउजा र समीक्षा देउजा हुन्।

निर्देशक देउजाकै कथामा आधारित यस चलचित्रको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार पारेका हुन्। जसमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत तथा मित्र डी गुरुङको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

सन्देश बुढा मगरलाई शिवम् सिमेन्टको शैक्षिक सहयोग