काठमाडौं । परम्परागत पौभा कला सिकेर तयार पारिएका कला प्रर्दशनीमा राखिएका छन् । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ‘आरम्भ’ शीर्षकमा विद्यार्थीले तयार पारेका पौभा प्रदर्शनीमा सजिएका हुन् ।
पौभा कला सिक्नु भनेको आकृति कोर्नु मात्रै नभई अनुशासन, समर्पण र अन्तरमनसँग जोडिने विषयमा ज्ञान प्राप्त भएको विद्यार्थीहरूले अनुभव सुनाए । उनीहरूद्वारा निर्मित पौभा कलाले परम्परागत कलातर्फ युवापुस्ताको अग्रसरता बढ्दै गएको अनुभूति भएको सिद्धार्थ आर्ट ग्यालरीका निर्देशक सङ्गीता थापाले बताइन् । “पौभा कलाप्रति युवाहरूको सिकाइले सांस्कृतिक संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्छ”, उनले भनिन्, “सामूहिक सिकाइले अन्तर पुस्ता आदानप्रदान पनि गर्दछ ।”
प्रदर्शनीमा अलिश श्रेष्ठ, अनिकेत सिंह, अनिल बुद्धाचार्य, आशिष शाक्य, अश्म कंठ, वर्ष लेखी, विकेश शाक्य, दुर्गा बजगाई, एलिजा शाक्य, गगनकुमार ज्यापू, गणेश विश्वकर्मा, जेनी महर्जन, क्रिस्टिना डङ्गोल, लसता शाक्य, लक्ष्मी तामाङ, मनमिका मैनाली, मेरी धिताल, नदीम महर्जन, नरेन्द्र मल्ल, निशा तुलाधर, पलेशवान लामा, प्रसुन कुमार, रोमा लिम्बू, रुबिना प्रजापति, श्रेया मानन्धर, श्रेया तामाङ, श्याम घिमिरे, स्नेहा बज्राचार्य, सोनिशा महर्जन, श्रीप्रिया श्रेष्ठ, सुदन सिंह ठकुरी, सुजना सिंह र सुस्मिता श्रेष्ठले ‘कला आकार’ शीर्षकमा पौभा कला कोरेका थिए ।
त्यस्तै, प्रदर्शनीमा मनोज सिंखवाल, प्रियङ्का डङ्गोल, रोशन खाजु, सुबोध शाक्य, स्वर्णिम शाक्य र सुन्दर श्रेष्ठले मुख आकृति कोरेका छन् । प्रदर्शनी आगामी जेठ ११ गतेसम्म सञ्चालन हुनेछ ।
सम्बन्धित समाचार
टियुका उपकुलपतिसहित तीनै पदाधिकारीले दिए सामूहिक राजीनामा
प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा चिकित्सा शिक्षाविद् अग्रवाल नियुक्त
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
विषाक्त खानाका कारण ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै
चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति दिने
मौलापुर नगरपालिकाको एसइइ परीक्षा उत्तीर्ण ९०.२३ प्रतिशत
तनहुँको बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग
त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा बज्राचार्य






