वरुण धवन र डेभिड धवन विरुद गीत हडपेको मुद्दा

मुम्बई । पछिल्लो समय बलिउड चलचित्र उद्योगमा गीत संगीतको विवाद र मुद्दाको क्रम बढेको छ । यसै बिच गीत हड्पेको र बौद्धिक सम्पत्ति अधिकारको माग सहित अभिनेता वरुण धवनको एउटा गीत ‘चुनरी चुनरी…’को अधिकारको लागि अदालतमा मुद्दा परेको छ ।

केही वर्ष अघि रिलिज भएको वरुणको चलचित्र ‘कुली नम्बर १’मा यो गीत राखिएको थियो । बलिउड चलचित्र निर्माता वासु भगनानीले गीतको अधिकारीको लागि मुद्दा दायर गरेका हुन् । गीतको निर्माता आफू रहेको उनले मुद्दामा दावी गरेका छन् । आफूसँग गीत रेकर्ड गर्दादेखि सर्जक, कलाकारलाई पारिश्रमिक दिएको समेत लिखित सम्झौता रहेको उनले बताएका छन् ।

वासुको भनाइमा उनले नयाँ चलचित्र आफ्नो लगानीमा बनाउने भनेर डेभिड धवन र वरुण धवनलाई यो गीत दिएका थिए । वासुसँग धवन परिवारले चलचित्र निर्माणको तयारी गर्दै थियो । तर त्यति बेला चलचित्र निर्माण भएन । यो गीत पछि अर्को चलचित्र ‘कुली नम्बर १’मा राखियो । आफ्नो गीत ‘कुली नम्बर १’मा अनुमति विना राख्दा सुरुमा निर्माता वासु चकित परे ।

वासु भगनानीले यो गीत’bout भने, ‘मसँग लिएको डेढ वर्ष पछि अचानक हाम्रो गीत ‘चुनरी चुनरी…’ रिलिज हुँदा म छक्क परेँ । यो गीतको भिडियोमा वरुण धवन, मृणाल ठाकुर र पूजा हेगडेले अभिनय गरेका थिए ।’

सुरुमा अभिनेता वरुण धवनले यो गीतलाई आफ्नो चलचित्रमा नराख्ने भनेको, तर पछि चलचित्रमा राखेको पनि निर्माता वासुले बताए । आफूले गएर वरुणलाई भेटेपछि आर्थिक अधिकार र रोयल्टी पनि आफूलाई दिने भनेपछि वासु चुप भएका थिए ।

गीत र चलचित्र रिलिज ६ वर्ष वितिसक्दा समेत यो गीतको अधिकारी र रोयल्टी वरुण र उनका बुबा डेभिड धवन आफैँले लिएपछि आफूले अदालतको शरण लिनु परेको निर्माता वासुले बताएका छन् । सो चलचित्र वरुण फिल्मसका तर्फबाट निर्माण गरिएको थियो । यो चलचित्र निर्माण कम्पनी अभिनेता वरुणको नाममा रहेको छ । सोही कारण कम्पनी मालिक वरुण र यसका अर्का निर्माता डेभिडलाई मुद्दा हाल्नु परेको उनले बताएका छन् ।

मुद्दामा आफ्नो गीतलाई लिखित अनुमति बिना चलचित्रमा राखेको र अहिलेसम्म रोयल्टी नदिएको उल्लेख गरेका छन् । उनले रोयल्टीको अधिकारसहित ठगीको मुद्दासमेत धवनको बाउ छोरा विरुद्ध हालेका छन् । आफूले लगानी गरेको गीतको प्रतिलिपि र आर्थिक गरी दुवै अधिकारी चाहिएको पनि निर्माता वासुले बताएका छन् । यो मुद्दा’bout अभिनेता वरुणले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश