काठमाडौं । संयुक्त राज्य अमेरिकाको कोलोराडोमामा अहिले विश्वभरका नेपाली साहित्यकारहरू भेला भएका छन् । त्यहाँ आइतबारबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा ‘नवौँ नेपाली साहित्य सम्मेलन’ सुरु भएको छ ।
यो महोत्सवमा भाग लिन अमेरिका बाहेक नेपालसहित विभिन्न देशका मात्रै २५० जना भन्दा बढी साहित्यकारहरू त्यहाँ पुगेको अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले राजधानीलाई जानकारी गराए । उनका अनुसार त्यहाँ दैनिक जसको नेपाली सहित्यको ’boutमा बहस, अन्तरक्रिया एवम् विभिन्न कृतिहरूको लोकार्पण भइरहेको छ ।
यसै क्रममा आइतबार सो सम्मेलनमा भव्य समारोहबिच लेखक डा. चन्द्र गिरीको उपन्यास ‘डङ्की : सपनाको कालबाटो’ को आवरण सार्वजनिक गरिएको छ । यो उपन्यास नै लोकार्पण गर्ने योजना भए पनि प्रकाशनमा केही ढिला भएका कारण यसको आवरण सार्वजनिक गरेको लेखक गिरीले बताएका छन् ।
पुस्तकको आइतबार सार्वजनिक गरिएको आवरणमा एक यात्री मरुभूमि र सिमाना पार गर्दै अनिश्चित गन्तव्यतर्फ अघि बढिरहेको दृश्य देखिन्छ, जसले ‘डङ्की रुट’ मार्फत हुने जोखिमपूर्ण आप्रवासन यात्राको प्रतीकात्मक चित्रण गरेको छ ।
आवरण सार्वजनिक कार्यक्रममा कवि साहित्यकार डा. नवराज लम्साल, अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज (अनेसास) का अध्यक्ष सर्वज्ञ वाग्ले, अनेसास ट्रस्टीका सभापति पदम विश्वकर्मा, मदन पुरस्कार विजेता डा निलम कार्की निहारिका, अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकाली, डा. ऋषि बस्ताकोटी, डा. शरद पराशर, सुरेश कुमार भट्ट, गोविन्द अधिकारीले लेखक गिरी र उनको कृति ‘डङ्की : सपनाको कालबाटो’ ’boutमा आफ्नो भनाई राखे ।
आफ्नो कृतिको भाव भूमि’bout प्रकाश पार्दै लेखक डा. चन्द्र गिरीले भने, ‘मैले तल्लोबाटो भएर अमेरिका आएकाहरू धेरैलाई भेटेको र उनीहरूको मुखबाट बाटोमा अलपत्र परेर जीवन गुमाएकाहरू तथा आफ्ना यात्रा संघर्षका पीडा सुनेको छु । त्यसैले यो उपन्यास केवल एउटा कथा मात्र नभएर सुन्दर सपनाको खोजीमा हिँडिरहेका असंख्य प्रवासीहरूको एउटा सजीव र करुण मानवीय दस्ताबेज हो ।’
यो उपन्यास बुक हिल प्रकाशनद्वारा जेठ महिनाको अन्तिम साता बजारमा ल्याउने पनि गिरीले जानकारी गराए । यस उपन्यासले वैदेशिक सपना, विस्थापन, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर समकालीन नेपाली समाजको एउटा कठाग्रिँदो यथार्थलाई साहित्यिक रूप दिएको पनि गिरीले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार
महंगियो चलचित्र सम्बन्धी संघ संस्थाका उम्मेदवारी दस्तुर
चलचित्र ‘आइ एम जीत बहादुर’ शीर्ष गीत सार्वजनिक
‘चिरञ्जीवी भव’बाट जोडिए ‘काकु’ र ‘जिग्री’
मुख्यमन्त्री विजयले प्रेमिकाको चलचित्रलाई खोले बिहानी सो
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
शव श्रद्धाञ्जलीलाई सम्मानित बनाउँदै सविन श्रेष्ठ
‘रोल नं १’को ट्रेलरमा बाल संघर्ष कथा
विष्णुको ‘चौतारीमा पिपल छ बर छैन…’रिलिज






