नेपाल एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश

KLANG, MALAYSIA - MAY 28: Pictures from the match between Indonesia and Nepal during the Asian Games Qualifier Women's 2026 at Bayuemas Oval on May 28, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं । नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा इन्डोनेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज खेलमा नेपालले इन्डोनेसियामाथी चार विकेटको जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि भएको पहिलो खेलमा नेपालले चीनमाथि १९ रनको शानदार जित हात पारेको थियो। आजको खेलमा इन्डोनेशियाले नेपाललाई जितका लागि ११४ रनको लक्ष्य दिएको थियो। जवाफमा नेपालले १९।३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि कप्तान इन्दु वर्माले अविजित ४२ रनको महत्वपूर्ण इनिङ्स खेलिन् । सोनी पाखरिनले २९ तथा सीता रानामगरले अन्तिम समयमा आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १३ रन जोडिन्। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इन्डोनेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ११३ रन बनाएको थियो । इन्डोनेसियाकी कप्तान नि पुतु आयु नन्दा सकारिनीले अविजित ५६ रन बनाइन् । त्यस्तै भने नि लुह देवीले २३ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा नौ रन खर्चेर दुई विकेट लिइन् । त्यस्तै रिया शर्माले एक विकेट हात पारिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी इन्दु वर्मा प्लेयर अफ द म्याच घोषित भइन् ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

epaper

ताजा समाचार

दुई वर्षमै दोब्बर सुधार : धनगढीका सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ५२.३९ पुग्यो