चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि सुरू हुने बन्द सत्रमा ५ वटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । जसअनुसार सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भुपदेश शाहले सांगठानिक प्रतिबेदन प्रस्तुत गरिनेछ ।
साथै, लेखा प्रतिवेदन कोषाध्यक्ष लीमा अधिकारी, निर्वाचन आयोगको प्रतिवेदन पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसी र अनुशासन आयोगको प्रतिवेदन आयोगका प्रमुख रमाकान्त रिमाल प्रस्तुत गर्ने कार्यक्रम रहेको महामन्त्री भुपदेव शाहले जानकारी दिए ।
गत असार ६ गते महाधिवेशनस्थल चितवनमा बसेको यस कार्यकालको अन्तिम केन्द्रीय समिति बैठकले ५ वटै प्रतिवेदन पारित गरेर महाधिवेसनमा प्रस्तुत गर्ने निर्णय लिइसकेको छ ।
महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुँदैछन्, जसमध्ये २ सय जना बिभिन्न देशमा रहेका प्रवासी नेपालीको प्रतिनिधित्व हुनेछ । महाधिवेशनमा कम्तीमा ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
स्वतन्त्र सांसद पुन फेरि मन्त्री बन्दै
प्रतिनिधिसभा बैठक सञ्चालनमा ढिलाइ
रास्वपा नेतृ तामाङद्वारा राजनीतिक संन्यासको घोषणा
निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने कर्णाली प्रदेश सरकारको निर्णय
बाल लडाकु मुद्दामा ‘प्रचण्ड–बाबुराम’लाई ‘क्लिन चिट’
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ जना समर्थक







