काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा आङ्देम्बेको शुक्रबारदेखि हुने चीन भ्रमण, ग्वाङ्झाउमा नेपाली संवत्अनुसार यही साउन ३० र ३१ गते आयोजना हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौँ एसिया क्षेत्रीय सम्मेलन तथा नेपाल(चीन द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
नेता आङ्देम्बेले आफ्नो चीन भ्रमणलाई सम्मेलनको सहभागितामा मात्र सीमित नराखी नेपाल-चीन सम्बन्ध, चिनियाँ विकास तथा शासन अभ्यास र दुई देशका संसद् तथा राजनीतिक दलबीचको सम्बन्ध’bout अनुभव आदानप्रदान गरिएको बताएका थिए ।
नेपाल-चीन सम्बन्धलाई सरकार सरकारका सम्बन्धमा मात्र सीमित नराखी जनस्तरसम्म विस्तार गर्नुपर्ने धारणा उनको थियो । राजदूत माओमिङले पनि नेपाल(चीन सम्बन्धलाई अझ सुदृढ पार्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै
विभिन्न पाँच समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा
धुलो टकटक्याएर फेरि उठ्नसक्छौँ, आरोप-प्रत्यारोप छोडौँ : नेपाल
ओली निवासमा जगन्नाथको गला अवरुद्ध मात्र भएको हो : बस्नेत
परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने
प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच भेटवार्ता
युवालाई शिक्षा, रोजगारी र उद्यमसँग जोड्न ‘युथ इकोसिस्टम’ बन्दै
बागमतीमा जगन्नाथलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता






