तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँ । जिल्लाका बजार क्षेत्रमा उद्योग-व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ। एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन्।

एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन्। दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन्।

गत आवमा ४८४ उद्योग तथा व्यवसाय खारेज भएका जानकारी दिँदै उक्त कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले आव २०८१/८२ को तुलनामा गत आवमा ९४ उद्योग थपिएका बताए।

कार्यालयमा हालसम्म तीन हजार ४७७ उद्योग तथा व्यवसाय नवीकरण भएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 5 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्री बादीद्वारा भृकुटीमण्डपको छड्के अनुगमन : नयाँ स्वरूपमा विकासका लागि अध्ययन अघि बढाइने