प्रधानमन्त्री शाह काठमाडौंबाट गाडी चढेर पोखरा प्रस्थान

काठमाडौं । मुस्ताङ भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) काठमाडौंबाट आज शुक्रबार (बिहान) आफ्नो सरकारी गाडीमार्फत पोखरातर्फ प्रस्थान गरेका छन्।

उनी गाडीमै पोखरा पुगेर मुस्ताङ जाने कार्यक्रम छ। यो खबर तयार पार्दासम्म प्रधानमन्त्री सवार गाडी धादिङ पुगिसकेको थियो।

प्रधानमन्त्री शाह आज पोखरा पुग्ने कार्यक्रम छ। यद्यपि प्रधानमन्त्री कुन प्रयोजनका निम्ति पोखरा आउन लागेका हुन् भन्ने’bout सुरक्षा निकायसमेत बेखबर छ।कास्कीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले प्रधानमन्त्रीको पोखरा भ्रमण’bout प्रधानमन्त्री कार्यालय तथा गृह मन्त्रालयबाट कुनै जानकारी प्राप्त नभएको बताए।

‘हामीले पनि सञ्चारमाध्यममार्फत जानकारी पायौँ तर उहाँ (प्रधानमन्त्री) आउने’bout औपचारिक जानकारी प्राप्त भएको छैन’, डीएसपी पासवानले शुक्रबार बिहान भने, ‘औपचारिक जानकारी नआएपछि त्यसै भन्न सकिएन।’

राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति यदु अधिकारीले पनि प्रधानमन्त्रीको भ्रमण’bout औपचारिक जानकारी प्राप्त नभएको बताए।
‘मसँग प्रहरीले जानकारी मागेको थियो तर पार्टीलाई कुनै जानकारी गराइएको छैन’, उनले भने।

प्रधानमन्त्रीको मुस्ताङ जाने कार्यक्रम तय भएको भनिए पनि मुस्ताङ प्रहरीलाई समेत भ्रमण’bout कुनै जानकारी छैन। मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामचन्द्र तिवारीले भीभीआईपी भ्रमण’bout जानकारी नआएको तर सुरक्षा प्रबन्ध गर्न कुनै समस्या नभएको प्रतिक्रिया दिए।

सुरक्षा निकायहरूलाई जानकारी नभए पनि प्रधानमन्त्रीको पोखरा भ्रमण भने निश्चित भएको स्रोतले बतायो। स्रोतका अनुसार प्रधानमन्त्री शाह शुक्रबार अपराह्न पोखरा आइपुग्दै छन्।

उनी पोखरा पुगेपछि कास्कीको अन्नपूर्ण गाउँपालिकाको अस्ताममा रहेको एक रिसोर्टमा रात बिताउने तालिका छ। उनका लागि रिसोर्ट बुक भइसकेको छ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

epaper

ताजा समाचार

अहिले पार्टीभित्रका विमति सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय होइन : कांग्रेस महामन्त्री पौडेल